काठमाडौं ।बिहीबार सेयर बजारमा कारोबार रकममा नयाँ रेकर्ड बनेको छ ।आज नेप्से सूचक ४३.०५ विन्दुले बढेर ३०००.८१ अंकमा आएको छ । झन्डै ९२९ अर्ब ९५ करोडभन्दा बढीको० सेयर कारोबार भएको छ । १३ मध्ये ८ वटा समूहका सूचक बढेका छन् ।
यस दिन ३३४ कम्पनीको ६ करोड ८९ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ९१ करोडभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सानिमा माई हाइड्रोपावर र अपि पावर परेका छन् । ३ कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।