Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

सिवाईसी नेपाल लघुवित्तको खुद नाफा १८.४७ प्रतिशतले घट्यो


नया सडक

२०८१, साउन ३१ बिहीबार

  • 501
    Shares

  • सिवाईसी नेपाल लघुवित्तको खुद नाफा १८.४७ प्रतिशतले घट्यो

    काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष (आव)को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा १८ दशमलव ४७ प्रतिशत घटेको छ ।

    अघिल्लो आवमा कम्पनीले रू. ४ करोड ६७ लाख नाफा कमाएकोमा गत आवमा घटेर रू. ३ करोड ८० लाखमा झरेको छ । गत आवमा कम्पनीको सञ्चालन नाफा घटेकाले खुद नाफा घटेको हो । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको सञ्चालन नाफा ३१ दशमलव २८ प्रतिशत घटेको छ । अघिल्लो आवमा कम्पनीको सञ्चालन नाफा रू। ६ करोड ८० लाख रहेकोमा गत आवमा घटेर रू। ४ करोड ६४ लाखमा झरेको छ ।

    त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी भने अघिल्लो आवको तुलनामा गत आवमा २३ दशलमव ७२ प्रतिशत वृद्धि भएको छ । अघिल्लो आवमा कम्पनीले रू. २५ करोड ७६ लाख खुद ब्याज आम्दानी गरेकोमा गत वर्ष बढेर रू। ३१ करोड ८७ लाख पुगेको छ । 

    प्रतिक्रिया दिनुहोस