Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् साउन ३१  बिहीबारका मुख्यमुख्य आर्थिक समाचारहरू.........


नया सडक

२०८१, साउन ३१ बिहीबार

  • 315
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् साउन ३१  बिहीबारका मुख्यमुख्य आर्थिक समाचारहरू.........

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज साउन ३१ बिहीबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू.......

    सम्पदा लघुवित्तको शेयर नेप्सेमा सूचीकृत

    काठमाडौं । बिहीवार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सम्पदा लघुवित्त वित्तीय संस्थाको शेयरसूचीकृत भएको छ । 
    साविकको साधना लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त वित्तीय संस्था एकाआपसमा मर्जरभएपछि दुवै कम्पनीको शेयर सम्पदा लघुवित्तको नाममा नेप्सेमा ७० लाख ८ हजार ५८३ दशमलव ४५ कित्ता सूचीकृत भएको हो । योसँगै नेप्सेले यसअघि मर्जर प्रयोजनका लागि रोक्का गरेको कम्पनीको शेयर कारोबार पनि फुकुवा गरेको छ । नेप्सेले उक्त कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता शेयरमूल्य १ हजार ५७ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ ।

    सिवाईसी नेपाल लघुवित्तको खुद नाफा १८.४७ प्रतिशतले घट्यो

    काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष (आव)को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा १८ दशमलव ४७ प्रतिशत घटेको छ ।

     

    अघिल्लो आवमा कम्पनीले रू. ४ करोड ६७ लाख नाफा कमाएकोमा गत आवमा घटेर रू. ३ करोड ८० लाखमा झरेको छ । गत आवमा कम्पनीको सञ्चालन नाफा घटेकाले खुद नाफा घटेको हो । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको सञ्चालन नाफा ३१ दशमलव २८ प्रतिशत घटेको छ । अघिल्लो आवमा कम्पनीको सञ्चालन नाफा रू। ६ करोड ८० लाख रहेकोमा गत आवमा घटेर रू। ४ करोड ६४ लाखमा झरेको छ ।

    ढल्केबर–लोहारपट्टी १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न, विद्युत् आपूर्तिमा सुधार हुने

    काठमाडौं । धनुषाको ढल्केबरबाट महोत्तरीको लोहारपट्टीसम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । ढल्केबर–लोहारपट्टी प्रसारण लाइन र लोहारपट्टी १३२ केभी सबस्टेसन निर्माण सम्पन्न गरी बुधबारबाट सञ्चालनमा (चार्ज) ल्याइएको छ ।

    धनुषा र महोत्तरीको विद्युत् आपूर्ति प्रणाली सुधार, बढ्दो विद्युत् माग व्यवस्थापन र विद्युत् आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन सरकार र नेपाल विद्युत प्राधिकरणको करिब १ अर्ब १३ करोड रुपैयाँ लगानीमा आयोजना निर्माण गरिएको हो । 

    डबल सर्किट प्रसारण लाइनको लम्बाइ २३ किलोमिटर छ । प्रसारण लाइनका लागि ९१ वटा टावर निर्माण गरिएका छन् । सबस्टेसनमा १३२-३३ केभी, ३० एमभिए क्षमताका दुईथान पावर ट्रान्सफर्मर थान र १३२-११ केभी, २२.५ एमभिए क्षमताको एक थान ट्रान्सफर्मर छन् । समग्रमा सबस्टेसनको क्षमता ८२.५ एमभिए छ ।

    नेप्सेमा आज पनि नयाँ रेकर्ड २९ अर्ब ९५ करोडभन्दा बढीको कारोबार , नेप्से ३०००.८१ विन्दुमा

    काठमाडौं ।बिहीबार  सेयर बजारमा कारोबार रकममा नयाँ रेकर्ड बनेको छ ।आज नेप्से सूचक ४३.०५ विन्दुले बढेर ३०००.८१ अंकमा आएको छ । झन्डै   ९२९ अर्ब ९५ करोडभन्दा बढीको० सेयर कारोबार भएको छ । १३ मध्ये ८ वटा समूहका सूचक बढेका छन् ।

     

    यस दिन ३३४ कम्पनीको ६ करोड ८९ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ९१ करोडभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सानिमा माई हाइड्रोपावर र अपि पावर परेका छन् । ३ कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।

    जीवन विकास लघुवित्तको ७ लाखभन्दा बढी कित्ता संस्थापक शेयर बिक्रीमा

    काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले ७ लाख ४ हजार ५०० कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ ।

     

    कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा आएको हो । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय, मोरङमा आवेदन पेश गर्नुपर्नेछ ।

    चन्द्रागिरी हिल्सको खुद नाफा ९९.३९ प्रतिशतले बढ्यो

    काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले  गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २२ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९९.३९ प्रतिशत धेरै हो ।सञ्चालन आम्दानी बढ्दा नाफामा सुधार आएको हो । ९१ करोड ३४ लाख रहेको सञ्चालन आम्दानी बढेर १ अर्ब रुपैयाँ पुगेको छ ।  वित्तीय खर्च २८ करोड ५० लाखबाट घटेर २३ करोड १७ लाख काय भएको छ ।  यसको अन्य आम्दानी १ करोड १ लाख रहेको छ । 

     

    चुक्ता पुँजी १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोष ७ करोड ६ लाख ऋणात्मक छ ।

    नेपाल रिपब्लिक मिडियाको खुद नाफा २८८.२९ प्रतिशतले बढ्यो

    काठमाडौं । चौथो त्रैमाससम्म आइपुग्दा नेपाल रिपब्लिक मिडियाको खुद नाफा ह्वातै बढेको छ । यसअवधिमा खुद नाफा २८८.२९ प्रतिशतले बढेर ४० लाख ७७ हजार रुपैयाँ पुगेको छ ।

     

    आम्दानी भने १६.३० प्रतिशतले घटेर १८ करोड ८० लाख ५५ हजार रुपैयाँ पुगेको छ ।

    आम्दानी घटेपनि बिक्री लागत र प्रशासनिक खर्च घट्दा यसको खुद नाफा बढ्न पुगेको हो । वित्तीय लगात २५.९९ प्रतिशतले घटेर ६ करोड ३ लाख ५५ हजार रुपैयाँमा आएको छ । प्रशासनिक खर्च पनि २७.९० प्रतिशतले घटेर ५ करोड ६० लाख ८१ हजार रुपैयाँ कायम भएको छ ।

    मोदी इनर्जी लिमिटेडले हकप्रद सेयर जारी गर्ने

    काठमाडौं ।  मोदी इनर्जी लिमिटेडले हकप्रद सेयर जारी गर्ने घोषणा गरेको छ । यस कम्पनीको बुधबार  बसेको सञ्चालक समित बैठकले १०० प्रतिशत हकप्रद जारी गर्ने घोषणा गरेको हो । उक्त प्रस्ताव विद्युत नियमन आयोगमा स्वीकृतिका लागि पेश हुनेछ । आयोगबाट प्रस्ताव पारित भएपछि थप प्रकृया अघि बढ्ने छ । हाल यसको चुक्ता पुँजी २ अर्ब ९० करोड रहेको छ ।

    नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति चलखेलमा सर्वोच्च अदालतको संयन्त्र पनि सामेल हुन पुगेको आशंका

    काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्षको नियुक्ति चलखेलमा सर्वोच्च अदालतको संयन्त्र पनि सामेल हुन पुगेको हो कि भन्ने आशंका चुलिन थालेको छ ।धितोपत्र बोर्डको प्रक्रिया रद्द गर्ने निर्णय कार्यान्वयन नगराउन भनी दायर रिटको सुनुवाई लम्बाइएकोमा  यस्तो आशंका चुलिएको हो ।

     

    सात महिनादेखि नेतृत्वविहीन रहेको नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त प्रक्रिया अब झन लम्बिने भएकाले तदर्थमा चलाउन खोजिएको देखिएको पर्यवेक्षकहरूको भनाइ रहेको छ ।सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको भन्दै सरकारले नियुक्ति प्रक्रिया अघि बढाउन खोजेको छैन् । अदालतले पेसी तारिख नै माघ ३० सम्म पु¥याएपछि अध्यक्ष नियुक्ति तत्काल नहुने देखिन्छ ।धितोपत्र बोर्डको अध्यक्ष नभएका बेला तदर्थमा नियामक निकाय चल्नु भनेको बजारमा चलखेल बढाउने मेलो भएको पर्यवेक्षकहरू बताउँछन् ।

    सर्वोत्तम सिमेन्टको खुद नाफा १८.५१ प्रतिशतले घट्यो

    काठमाडौं । चौथो त्रैमाससम्म आइपुग्दा सर्वोत्तम सिमेन्टको आम्दानी बढ्दा पनि खुद नाफा घटेको छ । यसअवधिमा खुद नाफा १८.५१ प्रतिशतले घटेर १७ करोड ४२ लाख ८६ हजार रुपैयाँमा सीमित भएको छ ।
    सञ्चालन आम्दानी भने १८.४७ प्रतिशतले बढेर ६ अर्ब ३७ करोड ३७ लाख ६७ हजार रुपैयाँ पुगेको छ ।
    आम्दानी बढेपनि यसको बिक्री लागत बढ्दा खुद नाफा प्रभावित भएको हो ।

     

    बिक्री लागत २६.५१ प्रतिशतले बढेर ५ अर्ब ५७ करोड ७६ लाख ४७ हजार रुपैयाँ छ । चुक्ता पुँजी ४ अर्ब ६५ करोड रुपैयाँ छ । प्रतिसेयर आम्दानी ३ रुपैयाँ ७५ पैसा र प्रतिसेयर नेटवर्थ १९८ रुपैयाँ ८३ पैसा छ ।

    सूर्योदय वोमी लघुवित्तको साधारण सभा साउन ३२ गते

    काठमाडौं । सूर्योदय वोमी लघुवित्तको भोलि शुक्रबार साउन ३२ गते वार्षिक साधारण सभा बस्ने भएको छ । कम्पनीले बोनस सेयर प्रस्तावसहित  सभा बोलाएको हो । सभामा थप सार्वजनिक निष्कासन (एफपीओ) पछि कायम ९१ करोड ५४ लाख ५५ हजार ४६३ रुपैयाँ चुक्ता पुँजीमा १४ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।
    साधारण सभा, महालक्ष्मी नगरपालिका, लुभु ललितपुरस्थित लुभु पार्टी प्यालेस एन्ड क्याटेरिङ सेन्टरको सभाहलमा दिउँसो १२ः३० बजे सुरु हुनेछ । यसका लागि कम्पनीले साउन २४ गते बुक क्लोज गरिसकेको छ ।

    सभामा, नेपाल राष्ट्र बैंकको स्वीकृति बमोजिम संस्थापक सेयरलाई सर्वसाधारणमा परिवर्तन गरी कम्पनीको संस्थापक र सर्वसाधारण समूहको सेयर स्वामित्वलाई प्रबन्धपत्रमा संशोधन गरी पुँजी संरचना परिवर्तन गर्ने प्रस्ताव पनि पेश हुनेछ ।

    कालिन्चोक दर्शन लिमिटेडले चौथो त्रैमासमा २ करोड ६६ लाख रुपैयाँ नाफा कमाए

    काठमाडौं । चौथो त्रैमासमा कालिन्चोक दर्शन लिमिटेडले २ करोड ६६ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको भन्दा ७.७५ प्रतिशतले धेरै हो ।
    पछिल्लो समय बाह्य तथा आन्तरिक पर्यटन व्यवसायमा सुधार आउँदा कम्पनीको नाफामा  सुधार भएको कम्पनीले जनाएको छ । एक वर्षको अवधिमा सञ्चालन आम्दानी २२.३२ प्रतिशतले बढेर ८ करोड १५ लाख रुपैयाँ पुगेको छ । 

     

    हाल यसको चुक्ता पुँजी ५९ करोड ४३ लाख रुपैयाँ रहेको छ । यसको रिजर्भ कोषमा ७७ लाख ७३ हजार रुपैयाँ छ । यसको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ५३ पैसा र प्रतिसेयर नेटवर्थ १०० रुपैयाँ ७५ पैसा छ ।

    नेपाल टेलिकमको खुद नाफा १६.४४ प्रतिशतले घट्यो

    काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत आर्थिक वर्षको त्रैमासमा ६ अर्ब ६१ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । टेलिकमको नाफा अघिल्लो वर्ष यसैअवधिको तुलनामा १६.४४ प्रतिशतले ले थोरै हो ।
    असारसम्म आइपुग्दा कम्पनीको सञ्चालन आम्दानी पनि घट्न पुगेको छ । अघिल्लो वर्ष ३६ अर्ब २७ करोड रुपैयाँ सञ्चालग आम्दानी गरेको कम्पनीको अहिले भने घटेर ३४ अर्ब ४६ करोड रुपैयाँमा झरेको छ । वित्तीय आम्दानी पनि ७ अर्ब ७७ करोडबाट घटेर ६ अर्ब ४८ करोड रुपैयाँमा झरेको छ । यसले गर्दा यसको नाफा प्रभावित भएको हो ।

    यस्तो छ आजको विदेशी मुद्रा बिक्री विनिमय दर

    काठमाडौँ ।नेपाल राष्ट्र बैंकले आज का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ।राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६२ पैसा निर्धारण भएको छ।मगलबार र बुधबार अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६६ पैसा थियो। त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४७ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४८ रुपैयाँ ३८ पैसा निर्धारण भएको छ।आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७२ रुपैयाँ १२ पैसा र बिक्रीदर १७२ रुपैयाँ ८९ पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १७१ रुपैयाँ ४३ पैसा र बिक्रीदर १७२ रुपैयाँ २० पैसा थियो। आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ८० पैसा र बिक्रीदर ८९ रुपैयाँ २० पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ४१ पैसा र बिक्रीदर ८८ रुपैयाँ ८० पैसा थियो।

    उपराष्ट्रपति यादवसँग होली सीका राजदूतको शिष्टाचार भेट

    काठमाडौँ ।उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि होली सीरभेटिकन सिटीका राजदूत आर्कबिशप लियोपोल्डो जिरेलीले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज शिष्टाचार भेट गर्नुभएको छ । 

     

    भेटमा शुभकामना आदानप्रदानपश्चात नेपाल र होली सीबीचको द्विपक्षीय सम्बन्धका विविध आयामबारे छलफल भएको उपराष्ट्रपतिको कार्यालयद्वारा आज जारी विज्ञप्ती उल्लेख छ । 

     

    उपराष्ट्रपति यादवले सन् १९८३ मा दुई मुलुकबीच कूटनीतिकसम्बन्ध स्थापना भएपश्चात् रही आएको मैत्रीपूर्ण सम्बन्धप्रति खुशी व्यक्त गर्नुभएको थियो । “नेपाल र होली सी दुवै विश्व शान्ति, सहिष्णुता तथा बृहत मानव कल्याणका मान्यतामा अटल विश्वास राख्ने मुलुक हुन्,” उहाँले भन्नुभयो, “शान्तिका अग्रदूत भगवान् बुद्धले दिनुभएको शान्ति सन्देश विश्व सामु पुर्‍याउन नेपालले सरोकारवालासँग हातेमालो गर्दै आएको छ ।”

    भ्रष्टाचार मुद्दामा फैसला नभएसम्म निलम्बन हुने कि नहुने भन्नेमा व्यापक छलफल आवश्यक : अध्यक्ष दाहाल

    काठमाडौँ ।प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारको मुद्दामा अदालतले फैसला नगरेसम्म निलम्बन गर्ने कि नगर्ने भन्नेबारेमा व्यापक छलफलको आवश्यकता रहेको बताउनुभएको छ । 

     

    प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा अध्यक्ष दाहालले यस सम्बन्धमा विगतमा देखिएका समस्या नदोहोरिने गरी ऐन संशोधन गर्नु उचित हुने धारणा राख्नुभयो ।

    विश्व बैंकद्वारा नेपालको बजेटरी सहायता बढाउने अर्थमन्त्री पौडेललाई जानकारी

    काठमाडौं। विश्व बैंकले नेपाललाई प्रदान गर्ने बजेटसम्बन्धी (बजेटरी) सहायता बढाउने भएको छ।विश्व बैंकका दक्षिण एसिया क्षेत्रका लागि उपाध्यक्ष मार्टिन रेजरले  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको  भर्चुअल बैठकमा बजेटरी सहयता बढाउने जानकारी दिएका हुन्।

     

    सो बैठकमा उपाध्यक्ष रेजरले लगानीको वातावरण, आर्थिक सुधार, रोजगारी वुद्धि लगायतका क्षेत्रमा सुधारका लागि सुझाव दिए । विश्व बैंकबाट गत आर्थिक वर्ष बजेटरी सहायताका रुपमा नेपाललाई २० करोड ५० लाख अमेरिकी ( २०५ मिलियन) अमेरिकी डलर प्राप्त भएको थियो।

    अख्तियारद्वारा यातायात व्यवस्था कार्यालय एकान्तकुनाका कम्प्युटर अधिकृत रेग्मी विरुद्ध मुद्दा दायर

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र एकान्तकुना कार्यालयमा कार्यरत कम्प्युटर अधिकृत बासुदेव रेग्मी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

     

    आयोगका प्रवक्ता नरहरि घिमिरेल  रेग्मीविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेकोे जनाएका हुन् । 
    अख्तियारका अनुसार रेग्मीले सेवाग्राहीको सवारी चालक अनुमतिपत्र कार्यालयको अभिलेख सच्चाई नवीकरण गर्ने गराइदिने भन्दै २० हजार घुस लिएका थिए ।

    सार्वजनिक यातायात सेवालाई सुरक्षित तथा सुव्यवस्थित बनाउन गृहमन्त्रालयद्वारा १२ बुँदे निर्देशन

    काठमाडौं । सरकारले यात्रु बोक्ने सार्वजनिक सवारी साधनमा ठाउँ पछ्याउने प्रविधि जीपीएस ट्र्याकिङ सिस्टम ,  जडान गर्न, सीसीटीभी र अनलाइन टिकटको व्यवस्था मिलाउन यातायात व्यवसायीहरूलाई निर्देशन दिएको छ ।सिमलताल घटना अध्ययन प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलाई १२ बुँदे निर्देशनमा यस्तो जनाएको हो ।

     

    साथै मन्त्रालयले यात्रुहरूलाई अनिवार्य टिकट काटेर यात्रा गराउन पनि निर्देशन दिएको छ ।अनलाइन टिकटको व्यवस्था नहुँदा सिमलताल दुर्घटनामा कति यात्रु परे भन्ने यकिन हुन सकेको थिएन । यात्रुका आफन्तहरूको सूचनामा भर पर्दा अहिले पनि दुर्घटनामा परेकाहरूको विवरण फरक परेको छ । यो घटना अध्ययन गर्न गृह मन्त्रालयले बनाएको कार्यदलको प्रतिवेदनले पनि यसबारे अझ निर्क्यौल गर्न सकेको छैन। प्रतिवेदनको अनुसूचीमा चितवन प्रशासनले उपलब्ध गराएको यात्रुहरूको सूची राखेको छ।

    हचुवाको भरमा काजु गोदाममा राजस्वको छापा , व्यापारी त्रसित

    काठमाडौं । हचुवा सूचनाको आधारमा राजस्वले काजुका दुई गोदाममा छापा हानेको छ ।आन्तरिक राजश्व कार्यालय कालीमाटी र प्रहरीको संयुक्त टोलीले कुलेश्वर र नैकापमा रहेका दुई काजु गोदाममा छापा हानेको हो ।

     

     बुधबार दिउँसो युनिक स्पाइस एण्ड ड्राइफ्रुट प्रोडक्ट र  हरलालका एग्जिम प्रालिमा  राजस्व र प्रहरीको टोलीले छापा हान्दा भन्सार तिरेर ल्याएको काजु फेला परेको आन्तरिक राजस्व कार्यालय कालीमाटी स्रोतले बताएको छ ।

    राजस्वका कर्मचारी र प्रहरीको संयुक्त टोली छापा मार्न पुगेपछि  ड्राइफ्रुट्स तथा खाद्यान्न व्यापारीहरू त्रसित भएका थिए ।

    ब्राउन सुगरसहित कोटेश्वरबाट आठजना पक्राउ

    काठमाडौँ ।  अवैध लागुऔषध ब्राउन सुगरसहित कोटेश्वरबाट आठजना पक्राउ परेका छन् । काठमाडाँै महानगरपालिका–३२ कोटेश्वरमा शङ्कास्पद गतिविधि गरिरहेको अवस्थामा खानतलासी गरी प्रहरीले उनीहरुका साथबाट ३३.७६ ग्राम ब्राउन सुगर बरामद गरेको हो । 

     

    ललितपुरका २७ वर्षीय रफिस अवाले, काभ्रेपलाञ्चोक नमोबुद्धका १९ वर्षीय रिसफ श्रेष्ठ, मोरङ कानेपोखरीका २१ वर्षीय रेमन राई, बेलबारीका ३३ वर्षीय अमितकुमार चौधरी र ३६ वर्षीय प्रमोद राई, पाँचथरको मिक्लाजुङका २८ वर्षीय मेहरमान भुजेल र फिदिमका २७ वर्षीय टिम्पल तामाङ, फाल्गुनन्दका २९ वर्षीय भीमकुमार चेम्जोङ पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौँले आज जानकारी दिएको हो ।

    सुनको मूल्य आज स्थिर ,  प्रतितोला १ लाख ५० हजार ५०० रुपैयाँ

    काठमाडौँ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ५० हजार ५०० रुपैयाँ कायम छ ।

    आज चाँदीको भाउ भने प्रतितोला ५ रुपैयाँले बढेर प्रतितोला १७ सय ४० रुपैयाँ कायम भएको छ । 

    बुधबार चाँदीको भाउ प्रतितोला १७ सय ३५ रुपैयाँ कायम रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ४५४ डलर र चाँदी प्रतिऔंस २७.७५ डलरमा कारोबार भइरहेको छ ।

    भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई दुई वर्षसम्म टिकटदेखि इन्धनसम्मको सहुलियत दिने निर्णय

    काठमाडौं । सरकारले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई सहुलियत दिने भएको छ ।यी दुई अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ  सञ्चालन गर्न टिकटदेखि इन्धनसम्मको  सहुलियत सरकारले दिने भएको हो  ।

     

    प्रधानमन्त्रीको नेतृत्वमा सम्बन्धित मन्त्रालयका मन्त्री र पदाधिकारीहरूको सहभागितामा बसेको बैठकले दुईवटै विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने सहुलियत दिने निर्णय गरेको हो ।विकल्प र उपायहरूबारे अध्ययन गर्न बनेको कार्यदलले दिएका सुझावका आधारमा सहुलियत दिन  निर्णय भएको छ ।

    नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति चलखेलमा सर्वोच्च अदालतको संयन्त्र पनि सामेल हुन पुगेको आशंका

    काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्षको नियुक्ति चलखेलमा सर्वोच्च अदालतको संयन्त्र पनि सामेल हुन पुगेको हो कि भन्ने आशंका चुलिन थालेको छ ।धितोपत्र बोर्डको प्रक्रिया रद्द गर्ने निर्णय कार्यान्वयन नगराउन भनी दायर रिटको सुनुवाई लम्बाइएकोमा  यस्तो आशंका चुलिएको हो ।

     

    सात महिनादेखि नेतृत्वविहीन रहेको नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त प्रक्रिया अब झन लम्बिने भएकाले तदर्थमा चलाउन खोजिएको देखिएको पर्यवेक्षकहरूको भनाइ रहेको छ ।सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको भन्दै सरकारले नियुक्ति प्रक्रिया अघि बढाउन खोजेको छैन् । अदालतले पेसी तारिख नै माघ ३० सम्म पु¥याएपछि अध्यक्ष नियुक्ति तत्काल नहुने देखिन्छ ।धितोपत्र बोर्डको अध्यक्ष नभएका बेला तदर्थमा नियामक निकाय चल्नु भनेको बजारमा चलखेल बढाउने मेलो भएको पर्यवेक्षकहरू बताउँछन् ।

     

     

    प्रतिक्रिया दिनुहोस