काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको भदौ ७ गते विशेष साधारण सभा बस्ने भएको छ । सभामा अन्य कुनै लघुवित्त कम्पनीसँग एकआपसमा मर्ज हुने प्रस्ताव पेश हुनेछ । कम्पनीले सञ्चालक समितिलाई आवश्यक प्रक्रिया अगाडि बढाउन सम्पूर्ण अख्तियारी दिने प्रस्ताव पेश गर्नेछ ।
सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायत प्रस्ताव पनि रहेका छन् । सभा, होटल प्यालिसेड रिसोर्ट, सूर्यविनायक भक्तपुरमा बिहान १०ः३० बजे सुरु हुनेछ ।