Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

शोधनान्तर ५ खर्ब बचतमा, विदेशी मुद्रा सञ्चिति २० खर्ब ४१ अर्ब


नया सडक

२०८१, भदौ २ आइतबार

  • 225
    Shares

  • शोधनान्तर ५ खर्ब बचतमा, विदेशी मुद्रा सञ्चिति २० खर्ब ४१ अर्ब
    फाइल फोटो

     

    काठमाडौँ । गत आर्थिक वर्षको १२ महिना अर्थात असार मसान्तसम्ममा शोधनान्तर स्थिति सकारात्मक देखिएको छ  । राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार शोधनान्तर स्थिति ५ खर्ब २ अर्ब ४९ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ८५ अर्ब ८२ करोड रुपैयाँले बचतमा रहेको थियो । अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब १७ करोड ९अमेरिकी डलर०ले बचतमा रहेको शोधनान्तर स्थिति गत वर्ष ३ अर्ब ७७ करोड डलरले बचतमा रहेको हो । 

    यता, चालु खाता २ खर्ब २१ अर्ब ३४ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ४६ अर्ब ५७ करोड रुपैयाँले घाटामा रहेको थियो ।  अघिल्लो वर्ष १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३२.६०५ ले बढेर २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ पुगेको हो ।

     

    प्रतिक्रिया दिनुहोस