Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

एक वर्षमा  कुल १ खर्ब ३० अर्ब ४७ करोड बराबरको धितोपत्र नेप्सेमा सूचीकृत


नया सडक

२०८१, भदौ २ आइतबार

  • 513
    Shares

  • एक वर्षमा  कुल १ खर्ब ३० अर्ब ४७ करोड बराबरको धितोपत्र नेप्सेमा सूचीकृत

     

    काठमाडौं । पछिल्लो एक वर्षमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कुल १ खर्ब ३० अर्ब ४७ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्। नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा गत आर्थिक बर्षमा १ खर्ब ३० अर्ब ४७ करोड बराबरको थप धितोपत्र सूचीकृत भएको उल्लेख छ ।

    राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८०/८१ मा ८६ अर्ब ८१ करोड बराबरको साधारण सेयर, २१ अर्ब ९८ करोड बराबरको हकप्रद सेयर, २१ अर्ब ६५ करोड बराबरको बोनस सेयर र ३ करोड बराबरको एफपीओ गरी कुल १ खर्ब ३० अर्ब ४७ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्। नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८१ असार मसान्तमा सूचीकृत ८ अर्ब ३२ करोड सेयरको चुक्ता मूल्य ८ खर्ब २५ अर्ब ५ करोड रहेको छ ।

    समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले १० अर्ब ७५ करोड बराबरको साधारण सेयर, ७ अर्ब ६५ करोड बराबरको हकप्रद, ६ अर्ब २ करोड बराबरको डिबेन्चर र ४ अर्ब ७० करोड बराबरको म्युचुअल फण्ड गरी कुल २९ अर्ब १२ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस