Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

राष्ट्रियसभा बैठकः सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत


नया सडक

२०८१, भदौ २ आइतबार

  • 384
    Shares

  • राष्ट्रियसभा बैठकः सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

    काठमाडौँ । प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ । 

    सभाको आजको बैठकमा सभाध्यक्ष नारायणप्रसाद दाहालले उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नुभएकामा सर्वसम्मतिले स्वीकृत भएको हो । अध्यक्ष दाहाल प्रस्ताव सर्वसम्मतिले स्वीकृति भएको घोषणा गर्नुहुँदै विधेयमा संशोधन राख्न चाहनुहुने सदस्यलाई राष्ट्रियसभा नियमावली २०७५ को नियम १०६ बमोजिम सभाअन्तर्गतको विधेयक शाखामा प्रस्ताव दर्ताको निम्ति आग्रह गर्नुभयो ।  

    यसअघि कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रतिनिधसभाबाट सन्देशसहित प्राप्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सभामा पेस गर्नुभएको थियो । विधेयकमाथिको छलफलमा सांसदहरू पदमबहादुर परियार, रेणु चन्द, विष्णुबहादुर विश्वकर्मा, रुक्मिणि कोइराला, किरणबाबु श्रेष्ठ र मायाप्रसाद शर्माले भाग लिनुभएको थियो ।

    राष्ट्रियसभाको अर्को बैठक यही भदौ ६ गते दिउँसो १ः१५ बजे बस्नेछ । 

    प्रतिक्रिया दिनुहोस