Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

अख्तियार दुरुपयोग अनुसन्धानले दुई कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर


नया सडक

२०८१, भदौ २ आइतबार

  • 381
    Shares

  • अख्तियार दुरुपयोग अनुसन्धानले दुई कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर

    काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दार्चुलाको शैल्यशिखर नगरपालिकाका दुई कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले उक्त नगरपालिकाका कृषि प्राविधिक अधिकृत मोहनसिंह धामी र कृषि नायब प्राविधिक सहायक अशोकसिंह धामीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

    कृषि समूहको बिल भुक्तानी गर्दा कसिमन वापत सेवाग्राहीसँग रु चार लाख १२ हजार बराबरको घुस र रु दुई लाख ५० हजार बराबरको दुई वटा चेक (रु पाँच लाख) सहित केही दिन पहिले आयोगको कञ्चनपुर कार्यालयबाट गएको टोलीले पक्राउ गरेको थियो । आयोगले आज रु नौ लाख एक हजार बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो । 

    प्रतिक्रिया दिनुहोस