काठमाडौं । आज सार्वजनिक विदाका कारण शेयर बजार बन्द हुने भएको हो ।
सोमबार सरकारले रक्षाबन्धनमा सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले मंगलबार गाइजात्राको अवसरमा काठमाडौं उपत्यकामा विदा दिने भएको छ ।
यससँगै शेयर बजार अब बुधबार मात्र खुल्ने भएको हो । अब यो साता बुधबार र बिहीबार मात्र शेयर कारोबार हुनेछ ।