काठमाडौ । हिम पर्वत हाइड्रोपावर लिमिटेडले भदौ २३ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको साउन ३० गते बसेको सञ्चालक समितिको बैठकले सभा बस्ने निर्णय गरेको हो । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, त्रिपुरेश्वर काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले ओइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ ।
सभामा आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।