Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

रेन्बो डिस्टिलरीले आईपीओ निष्कासन गर्ने


नया सडक

२०८१, भदौ ५ बुधबार

  • 303
    Shares

  • रेन्बो डिस्टिलरीले आईपीओ निष्कासन गर्ने

    काठमाडौं । रेन्बो डिस्टिलरीले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले आधुनिक प्लान्टसहित व्यवसाय वृद्धिका लागि पूँजी वृद्धि गर्न आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासन प्रक्रिया पुरा गर्नका लागि कम्पनीले एलिट क्यापिटल लिमिटेडसँग कर्पोरेट एडभाइजरी सेवाअन्तर्गत रोड टु आईपीओ योजनासम्बन्धी सम्झौता गरेको छ । मंगलवार भएको उक्त सम्झौतामा एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्य र रेन्बो डिस्टिलरीका अध्यक्ष मीनराज भुसालले हस्ताक्षर गरेका हुन । एलिट क्यापिटलले ‘रोड टु आईपीओ’ योजनाअन्तरर्गत स्टार्टअपदेखि पुराना कम्पनीहरुलाई समेत पब्लिक कम्पनीमा रुपान्तरण, पूँजी वृद्धि र व्यावसायिक प्रबर्द्धनमा परामर्श सेवा दिंदै आइरहेको छ ।

    कम्पनीले १० करोड रुपैयाँ चुक्तापूँजीलाई शतप्रतिशत वृद्धि गरी पब्लिक कम्पनीमा रुपान्तरण गर्ने तयारी भइरहेको जानकारी दिएको छ । सम्झौता अनुसार एलिटले रेन्बोलाई चुक्तापूँजी वृद्धि, व्यवसाय विस्तार, वित्तीय व्यवस्थापन र बजारीकरणका लागि समेत संस्थागत परामर्श सेवा उपलब्ध गराउने  छ । यीबाहेक आईपीओ निष्कासन प्रयोजनका लागि बिक्री प्रबन्धक र अन्डरराइटरको व्यवस्थापन पनि एलिट क्यापिटलले नै गर्ने सम्झौतामा उल्लेख छ। हाल १० करोड चुक्तापूँजी रहेको उक्त कम्पनीमा नयाँ लगानीकर्ता थपिएसँगै पूँजी वृद्धि गरी नयाँ प्लान्टमार्फत उत्पादन शुरु गरिने भएको छ । यसका लागि कम्पनीले आफ्नै जग्गामा नयाँ भवन र प्लान्टसमेत जडान गरिरहेको छ।

    प्रतिक्रिया दिनुहोस