Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

आज प्रतिनिधि सभाको बैठक बस्दै , प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिनुहुने


नया सडक

२०८१, भदौ ६ बिहीबार

  • 234
    Shares

  • आज प्रतिनिधि सभाको बैठक बस्दै , प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिनुहुने

    काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्रीसँग सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तर हुँदैछ । आज दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुले सोध्नुभएको प्रश्नहरुको जवाफ दिने संघीय संसद सचिवालयले जनाएको छ ।

    प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद-९ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको व्यवस्था गरिएको छ ।

    आजको बैठकमा सांसद डा. तोसिमा कार्कीले “हैजा महामारीका कारण निम्तिन सक्ने स्वास्थ्य संकटकालको पूर्वानुमान, नियन्त्रण र द्रुत प्रतिकार्यलाई प्रभावकारी बनाउनु पर्ने” भन्ने सार्वजनिक महत्वको विषयमाथी स्वास्थ्य तथा जनसंख्या मन्त्रीको ध्यानाकर्षण गराउने कार्यसूची पनि रहेको छ ।

    यसैगरी अर्थमन्त्री विष्णु प्रसाद पौडेलले “धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१” र “आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१” प्रस्तुत गर्ने सम्भावित कार्यसूची पनि रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस