काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ६.३८ विन्दुले बढेको छ । यससँगै सूचक २९७४.७८ विन्दुमा आएको छ । १ करोड ७४ लाख भन्दा बढीको सेयर कारोबार भएको छ । ७६ कम्पनीको ३२ हजार ६१ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल २ सय ४० वटा कारोबार भएको छ । कुल ४१ कम्पनीको भाउ बढेको छ भने १९ वटाको मूल्य घटेको छ ।