Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

शर्तसहित टिकटक खोल्न दिने सरकारको निर्णय


नया सडक

२०८१, भदौ ६ बिहीबार

  • 447
    Shares

  • शर्तसहित टिकटक खोल्न दिने सरकारको निर्णय

    काठमाडौँ । नेपाल सरकारले शर्तसहित सामाजिक सञ्जाल ‘टिकटक’ खोल्न दिने निर्णय गरेको छ 

    नेपाल सरकार -मन्त्रिपरिषद् को आज बसेको बैठकले सो निर्णय गरेको सञ्‍चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

    सबै सामाजिक सञ्जाललाई समान व्यवहार गर्न र आवश्यक नियम, कानुन बनाउन गत साउन २४ गते सञ्चारमन्त्री, सचिव र नेपाल दूरसञ्चार प्राधिकरणका अधिकारीको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुभएको निर्देशनका आधारमा सञ्चार मन्त्रालयले उक्त प्रस्ताव तयार गरेको थियो ।

    टिकटकको प्रयोग गरेर बिकृती बढाएको भनी टिप्पणी भएपछि तत्कालीन सरकारले गत कत्तिक २७ गते टिकटिकमाथि प्रतिबन्ध लगाएको थियो ।

    प्रतिक्रिया दिनुहोस