Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

आर्थिक वर्षको पहिलो महिनामा आयात–निर्यात दुवै घट्यो, व्यापार घाटा १ खर्ब १६ अर्ब


नया सडक

२०८१, भदौ ७ शुक्रबार

  • 237
    Shares

  • आर्थिक वर्षको पहिलो महिनामा आयात–निर्यात दुवै घट्यो, व्यापार घाटा १ खर्ब १६ अर्ब
    फाइल फोटो

    काठमाडौं ।  चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना साउनमा नै वैदेशिक व्यापारको सूचक सन्तोषजनक देखिएका छैनन् । भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको  तथ्यांक अनुसार साउनमा आयात–निर्यात दुवै घटेको छ भने व्यापार घाटा बढेको छ । 

    साउनमा आयात सामान्य घटेपनि निर्यात उच्चदरले घट्दा व्यापार घाटा बढ्न गएको हो । साउनमा १ खर्ब २८ अर्ब ३७ करोड ७१ लाख रुपैयाँको वस्तु आयात र १२ अर्ब २२ करोड ६१ लाख रुपैयाँको वस्तु निर्यात भएको छ । यस अवधिमा आयात ०.६७ प्रतिशत तथा निर्यात ९।६३ प्रतिशतले घटेको हो ।

    गत आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामा आयात १ खर्ब २९ अर्ब २३ करोड बढीको थियो भने निर्यात १३ अर्ब ५२ करोड ८६ लाख रुपैयाँको भएको थियो ।

    आयातमा कमी आए पनि निर्यात उच्चदरले घट्दा चालु आवको पहिलो महिना साउनमा व्यापार घाटा बढेको छ । विभागको  तथ्यांक अनुसार एक महिनामा कुल व्यापार घाटा १ खर्ब १६ अर्ब १५ करोड ९ लाख ७४ हजार रुपैयाँ छ । गत आर्थिक वर्षमा साउन महिनाको व्यापार घाटा १ खर्ब १५ अर्ब ७१ करोड ३ लाख रुपैयाँ बराबरको थियो । साउनमा व्यापार घाटा ०.३८ प्रतिशतले बढेको हो।

    साउनमा कुल वैदेशिक व्यापारको आकार भने १ खर्ब ४० अर्ब ६० करोड ३२ लाख रुपैयाँको रहेको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस