काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १२.६० विन्दुले बढेको छ । यससँगै सूचक २९८७.०६ अंकमा आएको छ । २ करोड ४९ लाख भन्दा बढीको सेयर कारोबार भएको छ । १०७ कम्पनीको ५१ हजार १ सय कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ३ सय ७७ वटा कारोबार भएको छ । कुल ६७ कम्पनीको भाउ बढेको छ भने १८ वटाको मूल्य घटेको छ ।