Logo

Sep 24 2024 | २०८१, असोज ८गते

images

प्रतिनिधिसभा : प्राकृतिक विपदबाट  हुने क्षति न्यूनीकरणमा पहल थाल्न सुझाव


नया सडक

२०८१, भदौ १३ बिहीबार

  • 276
    Shares

  • प्रतिनिधिसभा : प्राकृतिक विपदबाट  हुने क्षति न्यूनीकरणमा पहल थाल्न सुझाव

     

    काठमाडौँ । प्रतिनिधिसभा सदस्यहरुले प्राकृतिक विपदबाट  हुने क्षति न्यूनीकरणमा पहल थाल्न सरकारलाई सुझाव दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उहाँहरुले क्षति न्यूनीकरणमा राज्यले लगानी बढाउनुपर्ने सुझाव दिनुभयो । 

     

    सांसद सीताकुमारी रानाले चट्याङ्का कारण नागरिकले अकालमा ज्यान गमाउनुपरेको उल्लेख गर्दै मृतकलाई क्षतिपूर्ति तथा घाइतेको समयमा नै उपचार गर्न सरकारसँग माग गर्नुभयो । 

     

    “मनसुनजन्य विपद् बाढी पहिरामा परी कैयौँ नागरिकले अकालमा ज्यान गुमाउनुरेको छ, सरकारले यस्ता घटना न्यूनीकरणका उपाय अवलम्बन गर्नुपर्छ”, उहाँले भन्नुभयो । सांसद रानाले वातावरणीय मापदण्ड पूरा नगरी विकास निर्माणका काम भएका कारण पहिरोको जोखिम बढेकाले वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्नेमा जोड दिनुभयो ।  

     

    सांसद मनिस झाले नेपाल एयरलाइन्सका जहाज मर्मतका लागि लगिए पनि ९० दिनसम्म पनि ल्याउन नसकिएको उल्लेख गर्दै समयमै जहाज मर्मत गर्न सरकारलाई सुझाव दिनुभयो । 

     

    सांसद राजेन्द्र बजगाईंले धार्मिक सद्भावमा बाधा पुग्ने काम रोकिनुपर्नेमा जोड दिनुभयो । 

    प्रतिक्रिया दिनुहोस