Logo

Nov 25 2024 | २०८१, मंसिर १०गते

images

आजको मौसम : यी स्थानमा भारी वर्षा हुने , सतर्क रहन आग्रह


नया सडक

२०८१, भदौ १६ आइतबार

  • 567
    Shares

  • आजको मौसम : यी स्थानमा भारी वर्षा हुने , सतर्क रहन आग्रह

    काठमाडौं ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ।

    महाशाखाका अनुसार अहिले कोशी र बागमती प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहेको छ। बागमती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

     आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    यसैगरी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक- दुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ।

    आज राति देशभर आंशिकदेखि साधरणतया बदली रहने छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    प्रतिक्रिया दिनुहोस