Logo

Sep 24 2024 | २०८१, असोज ८गते

images

आज मोती जयन्ती मनाइँदै


नया सडक

२०८१, भदौ १७ सोमबार

  • 270
    Shares

  • आज मोती जयन्ती मनाइँदै

    काठमाडौँ । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको एक सय ५९औँ जन्मजयन्ती आज विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

    विसं १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा निधन हुनुभएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पुर्याउनुभएको थियो ।

    नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिनुभएका युवाकवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनुका साथै नेपालमा छापाखानासमेत भित्र््याउनुभएको थियो । यही छापाखानामार्फत नेपालमा पत्रकारिताको सुरुआत भएको हो । दिवसका अवसरमा आज नेपाली शिक्षा परिषद्लगायत विभिन्न संस्थाले कार्यक्रम आयोजना गर्दैछन् ।

    यसै अवसरमा राष्ट्रिय समाचार समिति (रासस)ले आजदेखि नेपाली समाचार सेवा औपचारिक रुपमा २४सै घण्टा सञ्चालनमा ल्याउने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सेवाको आज औपचारिक शुभारम्भ गर्नुहुने कार्यक्रम रहेको छ । राससले यही भदौ ११ गतेदेखि परीक्षणका रुपमा नेपाली समाचार सेवाको २४सै घण्टा सञ्चालन गरिरहेको छ । 

    प्रतिक्रिया दिनुहोस