काठमाडौँ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले सरकारलाई राजदूत सिफारिस गर्दा समानुपातिक समावेशी सिद्धान्तलाई ध्यान दिन आग्रह गरेको छ । मंगलबार बसेको समितिको बैठकबाट यस्तो निर्णय गरिएको हो ।
समितिले नेपालको संविधानको प्रस्तावना, धारा ४२ र धारा २८२ को व्यवस्था र राजदूत नियुक्तिसम्बन्धी निर्देशिका २०७५का प्रावधानहरू स्मरण गराउँदै सरकारलाई राजदूत नियुक्तिमा समानुपातिक समावेशी सिद्धान्तमा ध्यान दिई सिफारिस गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
मन्त्रिपरिषदले राजदूत नियुक्ति सिफारिस गर्दा समानुपातिक समावेशी सिद्धान्तलाई बेवास्ता गरेको भनी सार्वजनिक रुपमै प्रश्न उठ्दै आइरहेको छ ।समितिमा मंगलबार परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारत भ्रमणको विषयमा जानकारी दिइन् ।