काठमाडौँ । यो दशैँमा नयाँ नोट नपाइने भएको छ । नयाँ नोटको साटोमा नेपाल राष्ट्र बैंकले सुकिला नोट मात्रै सटही गर्ने भएको हो ।
बैंकमा साना दरका सुकिला नोट नै पर्याप्त रहेको भन्दै बैंकले यो दशैँमा सुकिला नोटको सटही गर्ने भएको हो । बैंकले ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नोट सटही गर्ने भएको छ । ठूला दरका नोट पनि सुकिला नोट नै बैंकले बजारमा पठाउने भएको छ ।
यसअघिका वर्षहरूमा नेपाल राष्ट्र बैंकले दशैँमा नयाँ नोट सटही गर्ने व्यवस्था गर्ने गरेको थियो ।