Logo

Sep 24 2024 | २०८१, असोज ८गते

images

यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु (सूचिसहित)


नया सडक

२०८१, भदौ २५ मंगलबार

  • 267
    Shares

  • यस्ता छन् मन्त्रिपरिषद्का   निर्णयहरु (सूचिसहित)

    काठमाडौं ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुव्वा गुरुङले अर्थ मन्त्रालय र मातहत कार्यालयहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृति प्रदान गर्र्ने निर्णय भएको जानकारी दिएका हुन् । 


    यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु:

    १.२०६१ असोज २१ गते थाइल्याण्डमा आयोजना हुन बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य डा। प्रकाशकुमार श्रेष्ठलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने।

    २.अर्थ मन्त्रालय र मातहत कार्यालयहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृति प्रदान गर्ने ।

    ३.साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि।लाई १५/१५ हजार मेट्रिक टन गरी कुल ३० हजार मेट्रिक टन चिनीको आयातमा लाग्ने भन्सार महशुलमा ५० प्रतिशत छुट दिई आयात गर्न स्वीकृति दिने।

    ४.नेपाल विद्युत प्राधिकरण र एस.जे.भि.एन।. लिमिटेडविच संयुक्त उपक्रममार्फत अरुण–४ जलविद्युत आयोजनाको विकासको लागि हस्ताक्षर भएको समझदारीपत्रको म्याद एक वर्ष थप गर्ने।

    ५.सिराहा निवासी श्री चित्रलेखा यादवलाई अष्ट्रेलियाका लागि आवासीय नेपाली राजदूत पदमा र गणतन्त्र फिजी, न्युजिल्याण्ड, पपुआ न्यु गिनी, भानुआटु, टुभालु, सोलोमन आइल्याण्ड्स, सामोआ, गणतन्त्र पलाउ गणतन्त्र नाउरु, गणतन्त्र मार्शल आइल्याण्ड्स र टोङ्गा अधिराज्यको लागि गैरआवासीय राजदूतको पदमा एक अवधि (चार वर्ष) का लागि नेपालको संविधानको धारा २८२ बमोजिमको नियुक्तिका लागि सिफारिस गर्ने

    ६.भूउपयोग (दोस्रो संशोधन)नियमावली, २०८१ स्वीकृत गर्ने ।

    ७.मन्त्रालयअन्तर्गत राष्ट्रिय युवा परिषद्मा १५ र फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिमा ४ राजपत्राङ्कित पदहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने।

    प्रतिक्रिया दिनुहोस