Logo

Sep 24 2024 | २०८१, असोज ८गते

images

बिआरआईबाट लाभ प्राप्त गर्नेमा हामी आशावादीः सचिव भट्टराई


नया सडक

२०८१, भदौ २६ बुधबार

  • 156
    Shares

  • बिआरआईबाट लाभ प्राप्त गर्नेमा हामी आशावादीः सचिव भट्टराई

     

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का सचिव योगेश भट्टराईले जनताको बहुदलीय जनवाद ९जबज०लाई अङ्गीकार गर्दै शान्तिपूर्ण बाटोमार्फत समाजवादतर्फ नेपाल अघि बढिरहेको बताउनुभएको छ ।

     

    चिनियाँ सामाजिक विज्ञान प्रतिष्ठानको आयोजनामा बेइजिङमा भएको  १४औँ विश्व समाजवाद फोरमलाई सम्बोधन गर्दै एमाले सचिव भट्टराईले  शान्तिपूर्ण प्रक्रियामार्फत आमजनताको समर्थनसहित समाजवादको बाटोमा  नेपाल अघि बढेको स्पष्ट गर्नुभयो ।

     

    “नेपालमा हामी समाजवादी उन्मुख संविधान स्वीकार गर्दै सामाजिक–आर्थिक असमानतालाई सम्बोधन गर्न अघि बढिरहेका छौँ, जसमा प्रमुख राजनीतिक दलहरूको सामूहिक विवेक समावेश छ । जननेता मदन भण्डारीको नेतृत्वमा एमालेले जनताको बहुदलीय जनवादको सिद्धान्त विकास गरेको छ,” उहाँले भन्नुभयो,  “हामी नेपाली अभ्यास र नेपाली भूमिमा माक्र्सवादको रचनात्मक प्रयोगमा आधारित जबजको मार्गदर्शनसहित शान्तिपूर्ण माध्यमबाट समाजवाद हासिल गर्न चाहन्छौँ ।”

     

    एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठित वर्तमान सरकारले छिमेकी देशसहित सबै मित्रराष्ट्रको साथ, सहयोग र ऐक्यबद्धताको अपेक्षा गरेको सचिव भट्टराईले बताउनुभयो । उहाँले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वतन्त्रताको रक्षा गर्दै देश र जनताको पक्षमा कसैसँग सम्झौता नगरी आर्थिक समृद्धिका पक्षमा नेपाल जुटिरहेको उल्लेख गर्नुभयो । एमाले नेता भट्टराईले पारस्परिक लाभ र भाइचाराको सम्बन्धलाई जोड दिँदै विश्व शान्ति र एकताको पक्षमा नेपाल रहेको स्पष्ट गर्नुभयो ।

     

    चीनबाट धेरै कुरा सिक्न चाहन्छौँ

     

    सचिव भट्टराईले  चिनियाँ समाजवादको मोडेल सफल रहेको भन्दै चीनबाट अझ धेरै कुरा सिक्न चाहेको बताउनुभयो । उहाँले भन्नुभयो, “चिनियाँ समाजवादको मोडेल सफल छ । हामी चीनबाट अझ धेरै कुरा सिक्न चाहन्छौँ । म तपाईं चिनियाँ कमरेडहरूलाई चिनियाँ कम्युनिस्ट पार्टी र राष्ट्रपति सी जिनपिङको नेतृत्वमा हासिल गरेको ठूला सफलताका लागि धन्यवाद दिन चाहन्छु ।”

     

    उहाँले भन्नुभयो, “नेपाल भू–राजनीतिक रूपमा संसारका पहिलो र दोस्रो जनसङ्ख्या भएका देश चीन र भारतको बीचमा रहेको छ । चीन तीव्र रूपमा समृद्धितर्फ अघि बढिरहेको छ ।  हामी यो अवसरलाई नेपाली जनताको समृद्धि र खुसीका पक्षमा उपयोग गर्न चाहन्छौँ ।”

     

    सचिव भट्टराईले नेपालले सन् २०१७ मा समृद्धि र विकासको अपेक्षासहित बिआरआईमा हस्ताक्षर गरेको उल्लेख गर्दै बेल्ट एन्ड रोड इनिसिएटिभ ९बिआरआई०बाट ठोस लाभ प्राप्त गर्नेमा आशावादी रहेको बताउनुभयो ।

     

    ‘समाजवादी देशहरूबीच सहयोग अपरिहार्य’

     

    सचिव भट्टराईले मानव सभ्यता र पृथ्वीलाई जोगाउन समाजवादी देशहरूबीच सहयोग अपरिहार्य रहेको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “समाजवादी देशहरूको सङ्ख्या कम छ, वित्तीय रूपमा त्यति सबल छैनन् । यस्तो अवस्थामा समाजवादी मुलुकहरूका बीच सहयोग र सहकार्य आवश्यक छ ।”

     

    बेइजिङमा जारी १४औँ विश्व समाजवाद फोरममा ३० देशका कम्युनिष्ट नेता, माक्र्सवादी बुद्धिजीवी, विश्वविद्यालयका प्राध्यापक, अनुसन्धानकर्ता गरी एक सय ५० भन्दा बढी प्रतिनिधिको सहभागी छन् । 

    प्रतिक्रिया दिनुहोस