Logo

Nov 23 2024 | २०८१, मंसिर ८गते

images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो सुनसहित भारतीय नागरिक पक्राउ


नया सडक

२०८१, भदौ २८ शुक्रबार

  • 441
    Shares

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो सुनसहित भारतीय नागरिक पक्राउ

    काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो दुई सय ६० ग्राम सुनसहित एक भारतीय महिला पक्राउ परेकी छन्।

    भन्सार कार्यालय र सशस्त्र प्रहरीको विमानस्थल भन्सार सुरक्षा बेसको संयुक्त टोलीले बैंकक (थाइल्याण्ड) बाट थाइ एयरमार्फत् नेपाल आएकी ३७ वर्षीया भारतीय नागरिक सुमित्रादेवी लक्ष्मण रामलाई नियन्त्रणमा लिएको हो।

    उनको झोलाबाट अर्धतरल अवस्थामा तीन वटा छुट्टाछुट्टै पोकामा प्लाष्टिकले बेरेको अवस्थामा सुन बरामद गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस