Logo

Nov 23 2024 | २०८१, मंसिर ८गते

images

प्रतिनिधिसभा बैठकको नयाँ समय निर्धारण


नया सडक

२०८१, भदौ ३० आइतबार

  • 273
    Shares

  • प्रतिनिधिसभा बैठकको नयाँ समय निर्धारण
     
    काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक अपराह्न ३ः१५ बजे बस्ने गरी निर्धारण गर्नुभएको छ । 
     
    आज दिउँसो १ बजेका लागि निर्धारण भएको बैठक प्रमुख दलका सचेतकहरुसँगको छलफलका कारण अनौपचारिक रुपमा एक घण्टा पर सारिएको थियो ।
     
    संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय पार्टीका प्रमुख सचेतकको बैठकपछि प्रमुख प्रतिपक्षी दल नेकपा९माओवादी केन्द्र०ले छलफलका लागि समय माग गरेको थियो । माओवादी केन्द्रको संसदीय दलको बैठकले ‘जनयुद्ध’ लाई अपमान गर्ने भाषा नसच्याउँदासम्म बैठकमा विरोध जारी रहने निर्णय गरेको जनाएको छ ।
     
    सङ्घीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेले सभामुखले प्रतिनिधिसभाको बैठकको नयाँ समय निर्धारण गर्नुभएको जानकारी दिनुभएको छ । 

    प्रतिक्रिया दिनुहोस