काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने भएका छन्। आज दिउँसो १ बजे बस्ने नयाँ बानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्री ओलीले अमेरिका भ्रमणको कार्यसूची सदनलाई जानकारी गराउने तयारी गरेका हुन्।
प्रधानमन्त्री ओली संयुक्त राष्ट्र संघको ७९ औं महासभामा भाग लिन असोज ४ गते अमेरिका जाँदैछन्। महासभाको मुख्य नारा ‘कसैलाई पनि पछाडी नछाड्ने स् वर्तमान र भावी पुस्तालाई शान्ति, दिगो विकास र मानव प्रतिष्ठाको उन्नतिको लागि एकजुट भएर काम गर्ने’ रहेको छ। महासभालाई सम्बोधन गरेपछि उनले अमेरिकाकाअन्य स्थानमा हुने कार्यक्रमलाई समेत सम्बोधन गर्ने गरी परराष्ट्र मन्त्रालयले कार्यतालिका बनाएको छ।यता गत भदौ १२ गते नेकपा ९एमाले०का सांसद योगेश भट्टराईले सदन बोल्ने क्रममा माओवादीले भन्ने गरेको जनयुद्धलाई ‘हिंसा’को संज्ञा दिएपछि संसद्को अभिलेखबाट हटाउन माग उनीहरुले माग गरेका थिए। सभामुख देवराज घिमिरेले ‘असंसदीय’ नरहेको रूलिङ गरेपछि माओवादी केन्द्रले सदनको कामकारबाही अघि बढ्न दिएको छैन। माओवादी केन्द्रको सोमबार बसेको संसदीय दलको बैठकले सदनको अवरोध कायमै राख्ने निर्णय गरेकाले अवरोध कायमै रहे प्रधानमन्त्री ओलीको सम्बोधन के हुने अनिश्चित छ।
आज सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले “सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय
छानविन विशेष समितिको प्रतिवेदन, २०८१” पेश गर्ने कार्यसूचीसमेत रहेको छ।