काठमाडौँ । आज नेप्से परिसूचकमा ५७.०३ अंकले घटेर २५८०.७६ बिन्दुमा आएको छ ।आज ७ अर्ब ३६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् ।आज सबै समूहका सूचक घटेका छन् ।
यस दिन ३१२ कम्पनीको १ करोड ७० लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३१ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सीइडीबी हाइड्रोपावर अग्रस्थानमा आएको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः सानिमा रिलायन्स लाइफ र नेपाल फाइनान्स परेका छन् ।