Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

सहकारी ठगीमा मेरो संलग्नता नभएको स्पष्ट भयोः रवि लामिछाने


नया सडक

२०८१, भदौ ३१ सोमबार

  • 168
    Shares

  • सहकारी ठगीमा मेरो संलग्नता नभएको स्पष्ट भयोः रवि लामिछाने

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी ठगीमा आफ्नो संलग्नता नभएको कुरा स्पष्ट भएको बताएका छन् । सोमबार प्रतिनिधि सभाको बैठक पश्चात् उनले रास्वपाले गैरकानूनी, अराजनीतिक जस्ता कुनै पनि गलत काम नगरेको भन्दै सहकारीको विषयमा पनि आफू गलत नभएको बताए ।

    उनले भने, ‘हामीले समाधानमा जानुपर्छ भनेर पहिलादेखि नै भनेका थियौँ । व्यक्ति केन्द्रित गरेर राजनीतिक खेल खेल्ने काम नगरौँ भनेर भनेको थिएँ । मूल कुरा भनेको सहकारी ठगीमा मेरो संलग्नता नभएको कुरा स्पष्ट भएको छ । हामीले गैरकानूनी, अराजनीतिक जस्ता कुनै पनि गलत काम हामीले गरेका छैनौँ ।’ यसका साथै, उनले विषयमा पीडित बचतकर्ताहरूलाई प्राथमिकता दिनुपर्ने ठाँउमा व्यक्तिलाई लक्षित गरेर अगाडि बढेको पनि बताए ।

    उनले भने, ‘कम्पनीमा आएको पैसा सबैलाई तलब दिने कुरा हो । मेरो भूमिका कतै पनि छैन् भन्ने कुरा स्पष्ट भइहाल्यो । लगानीकर्ताले ल्याएको रकमको स्रोत हेर्ने अधिकार मलाइ हुदैँन । त्यसकारण आएका कुरालाई एम्डीका रूपमा आन्तरिक व्यवस्थापनको काम गर्नुपर्छ । तर मूल मुद्दा के थियो भने सहकारी ठगीमा मेरो संलग्नता, मलाई ठग भनेर प्रमाण गरियो ।

    प्रतिक्रिया दिनुहोस