काठमाडौँ । आज नेप्से परिसूचकमा ४ अंकले घटेर २५७६.७६ बिन्दुमा आएको छ । आज ५ अर्ब ६६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । वाणिज्य बैंक र निर्जीवन बिमाबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् ।
१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक ०.७६ प्रतिशत र निर्जीवन बीमा उपसमूहको परिसूचक ०.१६ प्रतिशत बढेको हो। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक २.६८ प्रतिशत घटेको छ। यस दिन लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ भने अरु उपसमूहको परिसूचकहरुको गिरावट दर १ प्रतिशतभन्दा कम रहेको छ।