Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

निर्माणाधीन सिद्दबाबा सुरुङ मार्गको २ वटा बाइपास सुरुङको 'ब्रेक थ्रु'


नया सडक

२०८१, असोज ४ शुक्रबार

  • 108
    Shares

  • निर्माणाधीन सिद्दबाबा सुरुङ मार्गको २ वटा बाइपास सुरुङको 'ब्रेक थ्रु'

     

    काठमाडौं । सिद्धार्थ राजमार्गमा निर्माणाधीन सिद्दबाबा सुरुङ मार्गको २ वटा बाइपास सुरुङको  ुब्रेक थ्रुु  भएको छ ।  आयोजनाले दिएको जानकारी अनुसार १५१ मिटर लामो बाइपास प्रथम र १३० मिटर लामो बाइपास तेस्रो सुरुङ मार्गको  ुब्रेक थ्रुु भएको हो । बाइपास तेस्रोको भदौ २६ गते र बाइपास प्रथमको असोज ४ गते  ुब्रेक थ्रुु भएको आयोजनाले जनाएको छ ।  

    यस सुरुङ मार्गमा कुल ३ वटा बाइपास (खुला स्थान) रहने छन् । १६१ मिटर लामो बाइपास दोस्रोको भने ११७ मिटर खनिएको छ। टनेल लाइनिङको काम भने अझै सुरु भएको छैन । टनेलको लम्बाइ बराबर नै लाइनिङको काम समेत गर्नुपर्छ ।

    सुरुङ खन्ने काम गत ४ माघदेखि औपचारिक रुपमा सुरु गरिएको थियो । यो परियोजनाको निर्माणको काम चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन (सीएससीईसी) ले गरिरहेको छ ।

    आयोजनाले सार्वजनिक गरेको पछिल्लो प्रगति प्रतिवेदन अनुसार सिद्दबाबाको मुख्य टनेल ५४५.५७ मिटर खनिएको छ । यहाँ मुख्य टनेलको लम्बाइ ११ सय २६ मिटर रहेको छ । जसमध्ये उत्तरतर्फबाट २२३.८० मिटर र दक्षिण तर्फबाट ३०७.७७ मिटर खन्ने काम सम्पन्न भइसकेको आयोजनाले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस