Logo

Sep 24 2024 | २०८१, असोज ८गते

images

सर्वोच्‍च अदालतद्वारा मेडिकल व्यवसायी  दुर्गा प्रसाईंलाई छाड्न अस्वीकार,विपक्षीका नाममा कारण देखाउ आदेश जारी


नया सडक

२०८१, असोज ८ मंगलबार

  • 225
    Shares

  • सर्वोच्‍च अदालतद्वारा   मेडिकल व्यवसायी  दुर्गा प्रसाईंलाई छाड्न अस्वीकार,विपक्षीका नाममा कारण देखाउ आदेश जारी

    काठमाडौं ।  सर्वोच्‍च अदालतले मेडिकल व्यवसायी  दुर्गा प्रसाईंलाई छाड्न अस्वीकार गरेको छ। न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले मंगलबार उनलाई छाड्न अस्वीकार गरेको   हो । 

    प्रसाईंका छोरा निराजनले सर्वोच्चमा सोमबार बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेको रिटमा सर्वोच्चले प्रसाईँलाई छाडन् आदेश नदिएको  र्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी सार्वजनिक गरेका हुन्।प्रसाईंका छोरा निराजनले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय र साइबर ब्युरोलाई विपक्षी बनाएर रिट दायर गरेको  रिटमाथि सुनुवाई गर्दै मंगलबार १५ दिनभित्र विपक्षीका नाममा जबाफ पेश गर्न  कारण देखाउ आदेशमा भनिएको छ । 

    मेडिकल व्यवसायी प्रसाईंलाई साइबर ब्युरोले विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार कसुर गरेको भन्दै आइतबार पक्राउ गरेको थियो।उनलाई भक्तपुरस्थित निवासबाट पक्राउ गरी तीन दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंबाट अनुमति लिइएको थियो।उनले सामाजिक सञ्जालमा आपत्तिजनक अभिव्यक्ति दिएको र व्यक्तिको चरित्र हत्या गरेको उजुरीपछि प्रहरीले उनलाई पक्राउ गरिएको थियो। 

    प्रतिक्रिया दिनुहोस