Logo

Sep 24 2024 | २०८१, असोज ८गते

images

श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईले नाम फिर्ता लिने निवेदन दर्ता गराए


नया सडक

२०८१, असोज ८ मंगलबार

  • 174
    Shares

  • श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईले नाम फिर्ता लिने निवेदन दर्ता गराए

    काठमाडौँ ।  संसदीय सुनुवाइ समितिले स्नातक तह उत्तीर्णको प्रमाण माग गरेपछि श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईले आफ्नो नाम फिर्ता लिएका छन् । भट्टराईले  प्रमाणपत्र दिनुको सट्टा उनले राजदूतबाट नाम फिर्ता लिएका हुन् ।सुनुवाइ समितिले १६ जना प्रस्तावित राजदूतको नाम अनुमोदन गरिरहेका बेला  भट्टराईसँग भने स्नातक उतीर्ण भएको प्रमाणपत्र माग्ने निर्णय गरेको थियो ।

    तर भट्टराईले आफूलाई ११ असोजसम्मको समय दिन समितिसँग माग गरेका थिए । सभापति ईश्वरीदेवी न्यौपानेले थप समय दिन नसक्ने भन्दै आफैंले नाम फिर्ता लिने वा समितिले अस्वीकार गर्ने दुईवटा विकल्प मात्र रहेको भनेपछि भट्टराईले मंगलबार समितिमा आफूले नाम फिर्ता लिएको पत्र दर्ता गराएर गएका छन् ।

    गत १४ साउनमा बसेको मन्त्रिपरिषद बैठकले विभिन्न १८ देशमा राजदूत नियुक्ति सिफारिस गरेको थियो । जसमध्ये अष्ट्रेलियाका लागि सिफारिस कान्ता भट्टराईको नाम सरकारले सुनुवाइ समितिमा नै पठाएको थिएन । १७ जनाको संसदीय सुनुवाइपछि समितिले १६ जनाको नाम अनुमोदन गरिसकेको छ ।

    प्रतिक्रिया दिनुहोस