Logo

Sep 24 2024 | २०८१, असोज ८गते

images

दशैं-तिहारका लागि असोज १२ गतेदेखि अग्रिम टिकट बुकिङ


नया सडक

२०८१, असोज ८ मंगलबार

  • 141
    Shares

  • दशैं-तिहारका लागि असोज १२ गतेदेखि अग्रिम टिकट बुकिङ

    काठमाडौं । दशैं-तिहारका लागि असोज १२ गतेदेखि अग्रिम बस टिकटको बुकिङ खुला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच शनिवार बसेको बैठकले यातायात व्यवस्था विभागसँग छलफल गरी अग्रिम टिकट खुला गरिने निर्णय गरेको हो ।

    भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको बैठकले व्यवसायीका मागका सम्बन्धमा सातबुँदे निर्णय गरेको छ ।

    बैठकले सडक विभाग अन्तर्गतका सबै सडक घटस्थापना अगावै मर्मतसम्भार गर्न निर्देशन समेत गरेको छ । बिपी राजमार्ग सडक सुरक्षाका लागि साना सवारी मात्र सञ्चालन गर्न र रात्रि सवारी सञ्चालन रोक्न गृह मन्त्रालय र नेपाल प्रहरीलाई अनुरोध गर्ने र विभागले त्यसको अनुगमन गरी यातायात मन्त्रालयलाई रिपोर्ट गर्ने निर्णय पनि गरेको छ ।

     

    प्रतिक्रिया दिनुहोस