काठमाडौँ । आज नेप्से परिसूचकमा ३२.८१ अंकले घटेर २४८६.७६ बिन्दुमा आएको छ । आज ४ अर्ब ८४ करोड १४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज इन्डेक्ससँगै कारोबार रकममा पनि गिरावट देखिएको छ ।
यस दिन ३२२ कम्पनीको १ करोड ३६ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।
अपि पावरको सबैभन्दा धेरै ४७ करोड ९९ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यता, विन नेपाल लघुवित्तको सेयर भाउ भने सबैभन्दा धेरै ९.८५ प्रतिशतले बढेको छ । आज ट्रेडिङ समूह १.३० प्रतिशतले बढेको छ भने उत्पादन तथा प्रशोधन समूह स्थिर देखिएको छ । आज बाँकी अरु समूह घटेका छन् ।