Logo

Nov 23 2024 | २०८१, मंसिर ८गते

images

आँखुखोला जलविद्युत कम्पनीको साढे १७ लाख कित्ता सेयर लिलामी बिक्री खुला


नया सडक

२०८१, असोज ११ शुक्रबार

  • 309
    Shares

  • आँखुखोला जलविद्युत कम्पनीको साढे १७ लाख कित्ता सेयर लिलामी बिक्री खुला

     


    काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले आज असोज ११ गते शुक्रबारदेखि १७ लाख ५० हजार २४८ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको छ । यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । यसमा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । 

    यसमा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ नारायणचौर नक्साल, काठमाडौं नबिल बैंकको बिर्तामोड शाखा, विरगञ्ज शाखा, हेटौडा शाखा तथा जावलाखेल शाखाबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, नबिल बैंककै लेकसाईट पोखरा शाखा, नेपालगञ्ज शाखा, बराहताल शाखा सुर्खेत, र धनगढी शाखाबाट आवेदन दिन सकिनेछ । 

     

    प्रतिक्रिया दिनुहोस