काठमाडौं । रु रु जलविद्युत परियोजना लिमिटेडले १५.७८ प्रतिशत लाभांश घोषणा गरेको छ । यस कम्पनीको असोज १२ गते बसेको सञ्चालक समिति बैठकले १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । कम्पनीले बोनस सेयर जारी गरे पश्चात कायम हुने पुँजीमा ८० प्रतिशत हकप्रद सेयर पनि जारी गर्ने घोषणा गरेको छ ।
उक्त प्रस्ताव पारित गर्न रु रुले कात्तिक ११ गते साधारण सभा बोलाएको छ । सभा लिसारा ब्यांकेट, नक्साल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ ।साधारण सभा प्रयोजनार्थ कम्पनीले असोज ३० गते बुक क्लोज गर्ने भएको छ ।