काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात असोज १५ गते बुकक्लोज गर्दैछ ।
यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन ।
बैंकले असोज ३० गते, बुधबार, लिसारा रिसेप्शन, भगवती बहाल, नक्साल, काठमाडौँमा १८ औँ वार्षिक साधारण सभा बोलाएको हो । सो सभा बिहान साढे १० बजे शुरु हुनेछ ।