Logo

Nov 24 2024 | २०८१, मंसिर ९गते

images

बाढीपहिरो र दुबानमा परी देशभर बाढीपहिरोबाट दुई सय चार जनाको  मृत्यु


नया सडक

२०८१, असोज १४ सोमबार

  • 300
    Shares

  • बाढीपहिरो र दुबानमा परी देशभर बाढीपहिरोबाट दुई सय चार जनाको  मृत्यु

     

     

    काठमाडौँ । विपद्का घटनामा परी देशभर दुई सय चार जनाको मृत्यु भएको भने ८९ जना घाइते भएका छन् । अझै ३३ जना हराइरहेका छन् । कोशीमा २३, मधेसमा तीन, उपत्यकामा ८२, बागमतीमा ९४ र लुम्बिनीमा दुई जनाको मृत्यु भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । 

     

    बाढीपहिराबाट मुलुकभर एक हजार सात सय ८३ घर र १९ वटा पुलमा क्षति पुगेको छ । पाँचथर, सुनसरी र सिन्धुपाल्चोकमा तीन बेलिब्रिज बाढीले बगाएको छ । यस्तै विभिन्न जिल्लामा पाँचवटा पक्की पुल सात वटा झोलुङ्गे र अन्य किसिमका चार गरी १९ वटा पुल र उदयपुरको एउटा रिसोर्ट बाढीले बगाएको छ । विपद् प्रभावित तीन हजार चार सय एक जनाको हालसम्म उद्धार गरिएको तथ्याङ्कमा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस