काठमाडौँ । एनआइबीएल ग्रोथ फन्डसहित २ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । यसदिन एनआइबीएल ग्रोथ फन्ड, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स र गुराँस लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस कम्पनीले असोज २३ गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभा, अम्रपाली ब्यांक्वेट, भाटभटेनी काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
गुराँस लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस कम्पनीले असोज २९ गते वार्षिक साधारण सभा बोलाएको छ ।
एनआइबीएल ग्रोथ फन्डले गत वर्षको नाफाबाट कर सहित ६.३५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । जसअनुसार कम्पनीले लाभांश वितरणको लागि ८ करोड ३८ लाख २० हजार रुपैयाँ खर्चिनेछ ।