काठमाडौं ।जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशबाट फेरि बदली सुरु भएको हो ।
हाल कोशीमा बादलले ढाकिसकेको छ भने त्यसको प्रभाव कोशी लगायत मधेश प्रदेश, बागमती र गण्डकीसम्म देखिने विभागले जनाएको छ ।
मौसमविद् प्रतिभा मानन्धरका अनुसार मंगलबार बादल लाग्ने र हल्कादेखि मध्यम वर्षा हुने छ । विशेष गरी कोशी प्रदेशमा हल्का र मध्यम वर्षा हुने छ भने मधेश, बागमती र गण्डकी प्रदेशसम्मै फैलिने छ, सुदुरपश्चिम, कर्णाली र लुम्बिनीमा कम नै छ,” उनले बताइन् । यसको असर भोलि र पर्सीसम्मै रहने तर ठूलो अनि लगातारको वर्षा भने नहुने उनले बताएकी छिन् ।
यद्धपी यसअघिको वर्षाले देशका सबै भूभाग गलेको हुँदा थोरै पानी पर्दा पनि बाढीपहिरोको सम्भावना भने यथावत रहेको विभागले जानकारी दिएको छ ।हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । भारतको मध्य प्रदेश र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको छ। महाशाखाका अनुसार आज राति कोशी लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली हुने छ र हल्कादेखि मध्यम वर्षा पनि हुनेछ । बुधबार कोशी, मधेश प्रदेश र बागमती र गण्डकी प्रदेशमा बदली भई हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।