Logo

Nov 23 2024 | २०८१, मंसिर ८गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्  असोज १५ मंगलबारका मुख्यमुख्य आर्थिक समाचारहरू.......


नया सडक

२०८१, असोज १५ मंगलबार

  • 324
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन्  असोज १५ मंगलबारका मुख्यमुख्य आर्थिक समाचारहरू.......

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज असोज १५ मंगलबार।  यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू........

    नेपाल राष्ट्र बैंकले ८७ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेपका रुपमा लगानी गर्ने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले ८७ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेपका रुपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेकोे कुल सो रकम बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपका रुपमा लगानी गर्ने भएको हो । राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा ६९ करोड ६० लाख, राष्ट्रियस्तरका विकास बैंकहरुमा १३ करोड ५ लाख तथा राष्ट्रियस्तरका वित्तीय संस्थाहरुमा ४ करोड ३५ लाख रुपैयाँ निक्षेप जम्मा गर्ने जनाएको छ ।

    आगामी कात्तिक ४ गते देखि लागू हुनेगरी २०८२ वैशाख ६  गतेसम्म १८१ दिनका लागि मुद्दती निक्षेपका रूपमा जम्मा गरिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले चाहेको रकम तथा ब्याजदरसहित असोज २० गते दिउँसो ३ बजेसम्म प्रस्ताव गर्न सक्नेछन् ।

    प्रभु महालक्ष्मी लाइफ र गुँरास लघुवित्त वित्तीयको शेयर मूल्य नेप्सेमा समायोजन

    काठमाडौं ।  मंगलवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा प्रभु महालक्ष्मी लाइफ र इन्स्योरेन्स गुुँुरास लघुवित्त वित्तीय संस्थााके शेयर मूल्य समायोजना भएको छ  । यी दुई कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यस कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । 

     

    नेप्सेले गुँरास लघुवित्त वित्तीय संस्थाको १४ दशमलव २५ प्रतिशत प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. १ हजार ५९१ दशमलव ९५ कायम भएको छ ।

    राष्ट्रिय वाणिज्य बैंकद्वारा दुई करोड सहयोग

    काठमाडौँ  ।राष्ट्रिय वाणिज्य बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु दुई करोड सहयोग  गरेको छ ।

     

    प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैंक सञ्चालक समितिका अध्यक्ष दीलिपकुमार ढुङ्गानाले उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो । प्रधानमन्त्री ओलीले बैंकप्रति कृतज्ञता व्यक्त गर्दै बाढीपहिरो र डुबानले जनता अप्ठ्यारोमा परेका बेला यस प्रकारका सहयोग र ऐक्यबद्धताले राहत मिल्ने बताउनुभयो । बैँकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले संस्थागत सामाजिक उत्तारदायित्वअन्तर्गत उक्त रकम प्रदान गरिएको बताउनुभएको थियो ।

    शेयर बजार : नेप्से परिसूचकमा ११४.७० अंकले बढेर २६२३.५६ बिन्दुमा, ७ अर्ब ६१ करोडभन्दा बढीको कारोबार

    काठमाडौँ । आज नेप्से परिसूचकमा ११४.७० अंकले बढेर २६२३.५६ बिन्दुमा आएको छ । आज  ७ अर्ब ६१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

     

    आज २७ कम्पनी सकारात्मक सर्किट लेबलमा वृद्धि भएका छन् । सबै समूहका सूचक बढेका छन् । फाइनान्स समूहमा सबैभन्दा तेजी आएको छ ।
    यस दिन ३०७ कम्पनीको १ करोड ७५ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २८ करोड ८२ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनएलजी इन्सुरेन्स अग्रस्थानमा आएको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन रिइन्सुरेन्स र नेपाल फाइनान्स परेका छन् ।

    बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइनको टावर ढल्यो, होङ्सी सिमेन्टमा विद्युत् आपूर्ति बन्द

    काठमाडौं । बर्दघाट–सर्दी १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावर ढलेको छ । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम०को बर्दघाट नगरपालिका–५ दाउन्नेस्थित खुर्सानी खोलामा सडक भासिएपछि त्यसभन्दामाथि रहेको प्रसारण लाइनको टावर ढलेको हो ।

     

    टावर ढलेपछि चिनियाँ र नेपाली लगानीकर्ताको साझेदारीमा नवलपरासी ९बर्दघाट सुस्तापूर्व०को विनयी त्रिवेणी गाउँपालिकास्थित सर्दीमा सञ्चालित होङ्शी शिवम् सिमेन्टको विद्युत् आपूर्ति सोमबार साँझ साढे ६ बजेबाट बन्द भएको छ ।
    होङ्शीले १३२ केभी प्रसारण लाइनबाट सिधै विद्युत् आपूर्ति लिइरहेको थियो । उद्योगले ३१ मेगावाटको विद्युत भार (लोड) स्वीकृत लिएको छ । त्यसमध्ये अहिले दैनिक रुपमा १० मेगावाट लोड लिइरहेको नेपाल विद्युत प्राधिकरण, कावासोती वितरण केन्द्रले जनाएको छ । उक्त उद्योगले मासिक रुपमा ७-८ करोड रुपैयाँ विद्युत् महसुल तिर्दै आएको छ ।

    एनएलजी इन्सुरेन्सले हकप्रद बिक्री गर्ने पायो  अनुमति

    काठमाडौं । नेपाल धितोपत्र बोर्डले एनएलजी इन्सुरेन्सलाई ६२.५६% हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीलाई १०ः६.२५६ अनुपातमा ९६ लाख ३१ हजार २२०।२२ कित्ता हकप्रद जारी गर्न अनुमति दिएको हो । 

    हकप्रद सेयर निष्कासनका लागि कम्पनीले लक्ष्मी सनराईज क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९० रुपैयाँ रहेको छ ।

    हाथवे इन्भेष्टमेन्ट नेपालको साधारण सभा कात्तिक २५ गते , १०.२६ प्रतिशत लाभांश पारित हुने

    काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले कात्तिक २५ गते १६औं वार्षिक साधारण सभा बोलाएको छ । असोज १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आम्रपाली ब्याङ्क्वेट, काठमाडौंमा बिहान १० बजे सभा गर्ने निर्णय गरेको हो । 

     

    सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुकासाथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले गर्यो  बुक क्लोजको मिति तय

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आगामी १८औं वार्षिक साधारण सभाको लागि बुक क्लोजको मिति तय गरेको छ ।

     

    साधारण सभाको मिति तय गर्न बाँकी रहेको अवस्थामा बैंकले बुक क्लोजको मिति भने असोज २९ गते एक दिनका लागि तय गरेको हो । कम्पनीले तय गरेको बुक क्लोजको आधारमा असोज २३ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

    नेपाल वेयरहाउजिङ्ग कम्पनीले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने

    काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । असोज १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी ६८ करोड ७५ लाख रुपैयाँका आधारमा सोही रकम बराबरको हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो ।

     

    हकप्रद शेयर निष्कासनको प्रस्ताव कम्पनीको विशेष साधारण सभामार्फत पारित गर्ने निर्णय पनि कम्पनीले गरेको छ । यस कम्पनीले सर्वसाधारणमा प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २०८० साल मंसिर १० गतेदेखि १३ गतेसम्म आईपीओ जारी गरेको थियो ।

     

    आज एनआइबीएल ग्रोथ फन्डसहित २ कम्पनीको लाभांश सुरक्षित गर्ने  अन्तिम दिन

    काठमाडौँ ।  एनआइबीएल ग्रोथ फन्डसहित २ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । यसदिन एनआइबीएल ग्रोथ फन्ड, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स र गुराँस लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ  ।

     

    प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस कम्पनीले असोज २३ गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभा, अम्रपाली ब्यांक्वेट, भाटभटेनी काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ७८ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ३८ पैसा कायम भएको छ । 

     

    युरोपियन युरो एकको खरिददर एक सय ४९ रुपैयाँ ७५ पैसा र बिक्रीदर एक सय ५० रुपैयाँ ४२ पैसा कायम गरिएको छ । युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७८ रुपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ८० रुपैयाँ १७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५८ रुपैयाँ ६७ पैसा र बिक्रीदर एक सय ५९ रुपैयाँ ३८ पैसा कायम गरिएको छ । 

     

    अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ५४ पैसा र बिक्रीदर ९२ रुपैयाँ ९६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९९ रुपैयाँ ३८ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय चार रुपैयाँ ४४ पैसा र बिक्रीदर एक सय चार रुपैयाँ ९१ पैसा निर्धारण गरिएको छ ।

    वीरगञ्ज नाकाबाट धान–चामल आयात घट्यो

    वीरगञ्ज । वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षको दुई महिनामा धान–चामलको आयात घटेको छ । चालु आवको भदौसम्म रु ९६ करोड ३२ लाख ५६ हजारको रु दुई करोड ६३ लाख ३४ हजार सात सय ९० किलो धान आयात भएको छ ।

     

    गत आवको सोही अवधिमा रु एक अर्ब ३१ करोड २९ लाख १० हजारको रु तीन करोड ७९ लाख ५१ हजार पाँच सय ६६ किलो धान आयात भएको थियो । गत आवको तुलनामा चालु आवको सोही अवधिमा धानको आयात ३० दशमलव ६१ प्रतिशतले घटेको हो ।

    सबै प्रदेशमा मुटु रोग उपचार सेवा विस्तार गर्ने गङ्गालाल हृदयरोग केन्द्रको निर्णय

    काठमाडौं । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले सबै प्रदेशमा मुटु रोग उपचारका लागि संयन्त्र विस्तार गर्ने  भएको छ । केन्द्रका अध्यक्ष एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा आज बसेको सञ्चालक समिति बैठकले सङ्घीय राजधानी काठमाडौँबाट उपलब्ध मुटु रोग उपचार सेवा सबै प्रदेशमा विस्तार गर्ने निर्णय गरेको हो ।

     

    मन्त्रालयको योजनानुसार मुटु रोग उपचार सेवा विस्तार गर्ने निर्णय गर्दै यसका लागि आवश्यक प्रक्रियाअघि बढाउन निर्देशन दिएको मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा अब केन्द्रले बागमतीबाहेक थप ६ प्रदेशमा सेवा विस्तारको काम अघि बढाइने छ ।

    सुनको मूल्य तोलामा ५००ले घट्यो , प्रतितोला १ लाख ६० हजार रुपैयाँ

    काठमाडौ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले घटेर १ लाख ६० हजार रुपैयाँ कायम भएको छ । 

    मंगलबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर तोलाको १९ सय २५ रुपैयाँ कायम भएको छ ।

    बाढी, पहिरो बढ्नुमा मानवीय गतिविधि कति जिम्मेवार ?

    गण्डकी । मनसुनीयामको आखिरितिर भएको अधिक वर्षापछि निम्तिएको विपद्ले केही दिनयता मुलुक आक्रान्त छ । गृह मन्त्रालयका अनुसार बाढी, पहिरा र डुबानका घटनामा परी हालसम्म दुई सय २४ जनाको मृत्यु, २४ जना बेपत्ता, एक ५८ जना घाइते भएका छन् । भौतिक क्षतिको विवरण यकीन हुन सकिरहेको छैन । सडक, पुललगायत पूर्वाधार क्षेत्रमा रु २५ अर्बभन्दा बढीको नोक्सान पुगेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । 

     

    विपद्का कारण घरबास गुमेपछि कैयौँ परिवार विस्थापित हुन बाध्य भएका छन् । बाढी, पहिराले ठाउँठाउँमा क्षतिग्रस्त बनेका राजमार्ग पूर्ववत् अवस्थामा फर्कन अझ केही समय लाग्ने देखिएको छ । चाडबाडको मुखमा सर्वसाधारणको आवातजावत सहज बन्न सकिरहेको छैन । यसबीच सरकारले मङ्गलबारदेखि बिहीबारसम्म तीन दिन राष्ट्रिय शोकको घोषणा गरेको छ । मनसुनी याममा वर्षा हुनु स्वाभाविक भए पनि यसपालिको वर्षापछि निम्तिएको अकल्पनीय विपद्कापछि मानवीय गतिविधि कति जिम्मेवार छन् त रु 

     

    यो प्रश्नमा विज्ञहरूले पछिल्लो समय बाढीपहिराका घटना बढ्दै जानुमा प्राकृतिक मात्र नभई मानवीय कारण पनि दोषी रहेको औँल्याएका छन् ।

    विपद्को घडीमा राष्ट्रिय एकता कायम गरेर एकअर्कालाई सहयोग गरौँः अध्यक्ष दाहाल

    ललितपुर । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपद्को घडीमा राष्ट्रिय एकता कायम गरेर एकले अर्कालाई सहयोग गरी अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । 

     

    आज ललितपुर महानगरपालिका–१३ नख्खु क्षेत्रका बाढीपीडितलाई भेटेर उहाँले अप्रत्यासित रूपमा घटेको घटनाप्रति दुःख व्यक्त गर्नुहुँदै समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । “ यस्तो दुःखको घडीमा सबै मिलेर काम गर्नुपर्ने आवश्यकता छ । हाम्रो पार्टीले पनि सक्नेजति नेता कार्यकर्तामार्फत र बाँकी कामका लागि सरकारलाई आग्रह गरेर पीडितका समस्या समाधानको पहल गर्छ”, अध्यक्ष दाहालले भन्नुभयो ।

    दुर्गा प्रसाईंलाई १ लाख धरौटीमा छाड्न अदालतको आदेश

    काठमाडौं । जिल्ला अदालत काठमाडौंले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई १ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ।

     

    न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले प्रसाईंलाई १ लाख धरौटीमा रिहा गर्न आदेश दिएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी मेलिस बास्कोटाले जानकारी दिए।

    बास्कोटाले भने, 'प्रसाईंलाई १ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ। दुईवटा मुद्दामा जनही ५०–५० हजार धरौटी माग गरिएको हो।'

    राज्य व्यवस्था समितिमा सांसदको प्रश्न : विपद् प्रतिकार्यमा किन कमजोरी भयो ?

    काठमाडौँ ।सांसदहरूले विपद् प्रतिकार्यमा किन कमजोरी भयो भनी सरकारसँग प्रश्न गर्नुभएको छ । राज्यव्यवस्था समितिको आजको बैठकमा उहाँहरूले विपद्पछिको खोज, उद्धार र राहत वितरणको काम प्रभावकारी हुन नसकेको उल्लेख गर्नुभयो ।
     
            बाढीपहिराका कारण अवरुद्ध राजमार्ग तत्काल सञ्चालन गर्न नसक्दा अझै पनि नागरिकहरू सडकमा अलपत्र परेका जनाउँदै उहाँहरूले अलपत्र नागरिकलाई यथाशीघ्र उद्धार गरी गन्तव्यमा पु¥याउन सरकारले ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो ।
     
            सांसद रवि लामिछानेले विपद्का समयमा अनवरत खट्नुपर्ने जिम्मेवार पदाधिकारी नै मुलुक बाहिर हुँदा प्रतिकार्यमा कमजोरी भएको सरकारले स्वीकार्नुपर्ने बताउनुभयो । “राष्ट्रिय आपत्कालका बेला जिम्मेवार पदाधिकारी नै गैरजिम्मेवार बने, जुन ढङ्गको तयारी हुनुपर्नेथ्यो, त्यसखालको तदारुकता देखिएन, झारा टार्ने काम भयो”, उहाँले भन्नुभयो, “स्रोत साधन र क्षमता सीमित छ, तर असिमित इच्छाशक्ति भएको भए धेरै क्षति न्यूनीकरण गर्न सकिन्थ्यो ।”

    बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइनको टावर ढल्यो, होङ्सी सिमेन्टमा विद्युत् आपूर्ति बन्द

    काठमाडौं । बर्दघाट–सर्दी १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावर ढलेको छ । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम०को बर्दघाट नगरपालिका–५ दाउन्नेस्थित खुर्सानी खोलामा सडक भासिएपछि त्यसभन्दामाथि रहेको प्रसारण लाइनको टावर ढलेको हो ।

     

    टावर ढलेपछि चिनियाँ र नेपाली लगानीकर्ताको साझेदारीमा नवलपरासी ९बर्दघाट सुस्तापूर्व०को विनयी त्रिवेणी गाउँपालिकास्थित सर्दीमा सञ्चालित होङ्शी शिवम् सिमेन्टको विद्युत् आपूर्ति सोमबार साँझ साढे ६ बजेबाट बन्द भएको छ ।
    होङ्शीले १३२ केभी प्रसारण लाइनबाट सिधै विद्युत् आपूर्ति लिइरहेको थियो । उद्योगले ३१ मेगावाटको विद्युत भार (लोड) स्वीकृत लिएको छ । त्यसमध्ये अहिले दैनिक रुपमा १० मेगावाट लोड लिइरहेको नेपाल विद्युत प्राधिकरण, कावासोती वितरण केन्द्रले जनाएको छ । उक्त उद्योगले मासिक रुपमा ७-८ करोड रुपैयाँ विद्युत् महसुल तिर्दै आएको छ ।

    आजदेखि पुनः बदली हुने ,चार प्रदेशमा हल्का र मध्यम वर्षाको अनुमान

    काठमाडौं ।जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशबाट फेरि बदली सुरु भएको हो । 

     

    हाल कोशीमा बादलले ढाकिसकेको छ भने त्यसको प्रभाव कोशी लगायत मधेश प्रदेश, बागमती र गण्डकीसम्म देखिने विभागले जनाएको छ ।

    मौसमविद् प्रतिभा मानन्धरका अनुसार मंगलबार बादल लाग्ने र हल्कादेखि मध्यम वर्षा हुने छ । विशेष गरी कोशी प्रदेशमा हल्का र मध्यम वर्षा हुने छ भने मधेश, बागमती र गण्डकी प्रदेशसम्मै फैलिने छ, सुदुरपश्चिम, कर्णाली र लुम्बिनीमा कम नै छ,” उनले बताइन् । यसको असर भोलि र पर्सीसम्मै रहने  तर ठूलो अनि लगातारको वर्षा भने नहुने उनले बताएकी छिन् ।

    भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङद्वारा बाढी पीडितका लागि १ करोड बढीको सहयोग गर्ने घोषणा

    काठमाडौँ । भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष मीनबहादुर गुरुङले बाढी पीडितका लागि एक करोड ११ लाख ११ हजार १११ रुपैयाँ  सहयोग गर्ने जनाएका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत् सो सहयोग बाढी पीडितको उद्धार र राहतका लागि प्रदान गर्न लागेको अध्यक्ष गुरुङले जनाएका हुन् ।पछिल्लो अविरल वर्षामा हजारौँ नागरिक विस्थापित हुने अवस्था आएकोले सरकारी राहत कोषमा सहयोग जम्मा गर्न लागेको उनले बताए ।उनले सार्वजनिक गरेको प्रेस नोटमा अहिले बाढी पीडितका लागि एक करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोगको घोषणा गरेको उल्लेख छ ।

     

    गुरुङले यसअघि डा. भगवान कोइरालाको नेतृत्वमा रहेको बाल अस्पताल निर्माणका लागि ४१ करोड रुपैयाँ बराबरको सहयोग गरेका थिए ।

    बिलबीजक बिना २८ लाख बराबरको प्याजसहित भारतीय ट्रक सर्लाही प्रहरीको नियन्त्रणमा

    मलंगवा । सर्लाही प्रहरीले भारतबाट अवैधरूपमा ल्याएको ३५ टन प्याजसहितको ट्रक नियन्त्रणमा लिएको छ । मलंगवा नगरपालिका ८ स्थित जेएच ०२ बीएम २९८१ नम्बरको १६ चक्के ट्रक  नियन्त्रणमा लिएको हो ।

     

    प्याजको बिलबीजक र प्रज्ञापनपत्र नरहेकाले उक्त ट्रक नियन्त्रणमा लिइएको सर्लाहीका प्रहरी प्रवक्ता दिपक श्रेष्ठले जानकारी सार्वजनिक गरेका छन् । उनका अनुसार नियन्त्रणमा लिएको ३५ टन प्याजको मूल्य २८ लाख मूल्य बराबर छ ।

    आजदेखि ३ दिन राष्ट्रिय शोक घोषणा

    काठमाडौं । बाढी, पहिरो र डुबानका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै सरकारले आज, मंगलबारदेखि तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ।

     


    सोमबार साँझ अमेरिका भ्रमणबाट फर्किएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मंगलबारदेखि ३ दिन राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।

    सार्वजनिक बसको अग्रिम टिकट बुकिङ बन्द गर्ने  यातायात व्यवसायीको तयारी

    काठमाडौं । यातायात व्यवसायीले सार्वजनिक बसको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी गरेका छन् । अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट देशभरको राजमार्ग बिग्रिएसँगै अग्रिम टिकट बन्द गर्न लागिएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला जानकारी दिए ।

     

    जसको लागि व्यवसायीले आजै सरकार पक्षसँग छलफल गरेर बुकिङ बन्द गराउने उनले बताए । यातायात व्यवस्था विभागको समन्वयमा यातायात व्यवसायीहरूले गत शनिबार ९१२ असोज० देखि अग्रिम टिकट बुकिङ खुला गरेका थिए ।

    हवाई उडानमा नयाँ रेकर्ड  कायम : सोमबार भए साढे पाँच सय उडान

    काठमाडौँ ।सङ्घीय राजधानी काठमाडौँ भित्रने र बाहिरिने सडकमार्ग अवरुद्ध भएपछि हवाई यात्रीको चाप बढेको छ । यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढीपहिरोले सडक सञ्जाल अवरुद्ध हुँदा काठमाडौँ आउने मुख्य सडकमार्ग अवरुद्ध छन् । सडक अवरुद्ध भएपछि तीन दिनयता हवाईयात्रीको चाप ह्वात्तै बढेको हो ।
       
    मुलुकको अति व्यस्त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडानको  नयाँ रेकर्ड कायम भएको छ । अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार एक दिनमा साढे पाँच सय उडान भएका छन् । आन्तरिक उडान र अन्तर्राष्ट्रिय उडान गरी पाँच सय ५९ उडान भएको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार आन्तरिकतर्फ हेलिकप्टरसहित दुई सय २७ उडान ९डिपार्चर० र दुई सय २१ अवतरण ९अराइभल० भएका छन् ।

     

    प्रतिक्रिया दिनुहोस