काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले १६ हजार ४१० कित्ता संस्थापक शेयर अन्य व्यक्ति तथा संस्थामा विक्री खुला गरेको छ । यस अघि विद्यमान संस्थापक शेयरधनीहरुका लागि मात्र यी शेयर विक्री खुला गर्दा वितरण हुन नसकेपछि कम्पनीले सर्वसाधारणमा विक्री गर्न लागेका हो ।
दिपक लम्सालको नाममा रहेको यी शेयर खरीदका लागि आगामी सात दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । आवेदन कम्पनीको केन्द्रिय कार्यालय सप्तरीमा पेश गर्नुपर्ने जानकारी कम्पनीले दिएको छ ।