Logo

Nov 24 2024 | २०८१, मंसिर ९गते

images

दैलेखमा गाडी दुर्घटना


नया सडक

२०८१, असोज २२ मंगलबार

  • 345
    Shares

  • दैलेखमा गाडी दुर्घटना

    दैलेख । चामुण्डाविन्द्रासैनी नगरपालिका–२ चाल्ने चौतारामा यात्रु बोकेको एसएमएल गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

    मृत्यु हुनेमा सोही नगरपालिका–१ का २२ वर्षीय प्रकाश बुढा रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उकालोमा टायर चिप्लिँदा गाडी भित्तामा ठोक्किँदा घाइते हुनुभएका बुढालाई थप उपचारका लागि दुल्लु अस्पताल पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । 

    प्रहरीका अनुसार सुर्खेतबाट चामुण्डा–२ चाल्ले चौतारातर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ख०९०६ नम्बरको गाडी आज दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख सुनिल दाहालले जानकारी दिनुभयो । गाडीमा २३ जना सवार रहेकामा अन्य सबै सकुशल रहेको उहाँले बताउनुभयो ।  

    प्रतिक्रिया दिनुहोस