Logo

Nov 24 2024 | २०८१, मंसिर ९गते

images

शेयर धितो कर्जामा ऋणीलाई प्रोडक्ट पेपरमै मार्जिन कल सम्बन्धी व्यवस्था उल्लेख गनुपर्ने व्यवस्था


नया सडक

२०८१, असोज २३ बुधबार

  • 579
    Shares

  • शेयर धितो कर्जामा ऋणीलाई प्रोडक्ट पेपरमै मार्जिन कल सम्बन्धी व्यवस्था उल्लेख गनुपर्ने व्यवस्था

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले मार्जिन प्रकृतिको शेयर धितो कर्जामा मार्जिन कल गर्नेसम्बन्धी व्यवस्था उक्त कर्जाको प्रोडक्ट पेपरमा नै उल्लेख गर्नुपर्ने व्यवस्था गरेको छ ।राष्ट्र बैंकले शेयर धितो कर्जा दिएका ऋणीलाई कस्तो अवस्थामा मार्जिक कल आउँछ भनेर उक्त कर्जा लिँदाको बखतमा गरिने सम्झौतामा नै खुलाउने व्यवस्था गर्न  बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो ।

    यसैगरी शेयरको मूल्य घट्दै जाँदा थप सुरक्षण नराखेमा शेयर बिक्री गरी असुलउपर गर्ने सम्बन्धमा पनि स्पस्ट व्यवस्था कर्जा लगानी गर्ने प्रोडक्ट पेपरमा उल्लेख गर्नुपर्ने भएको छ ।यसमा नीतिगत व्यवस्थामा कुनै परिमार्जन नगरिएपनि  राष्ट्रबैंकले एकीकृत निर्देशिकामा संशोधन गर्दै मार्जिन कल र शेयर बिक्री गरी कर्जा असुलउपर गर्ने व्यवस्था ऋणीलाई जानकारी हुनेगरी प्रोडक्ट पेपरमा नै खुलाउन निर्देशन दिएको हो ।

    प्रतिक्रिया दिनुहोस