काठमाडौँ । विगत १५ दिन अगाडि देखि हराइरहेका व्यवसायी विकास अग्रवाल (मारवाडी) अहिलेसम्म फेला परेका छ्रैनन् ।गत असोज १७ गते घटस्थापनाका दिन व्यवसायी विकास अग्रवाल काठमाडौँबाट कामको सिलसिलामा नुवाकोटको त्रिशुली गएको र त्यही दिनदेखि बेपता भएको बताइएको छ ।
विगत लामो समयदेखि व्यवसायमा संलग्न अग्रवाल कपडा र कपडाजन्य मालवस्तुको होलसेल तथा खुद्रा व्यापार गर्दै आएका थिए ।उनको काठमाडौँस्थित इन्द्रचोकमा पसल र नयाँ बजारमा अफिस तथा फ्याक्ट्री रहेको छ ।पछिल्लो समय तारे होटल, रिसोर्ट तथा रेस्टरन्टहरूमा बेडसिट, पर्दा लगायतका अन्य कपडाजन्य वस्तुहरूको उनले सप्लाईको काम समेत गर्दै आएका थिए ।
१५ दिनदेखि बेपता अग्रवाल त्रिशुली कोसँग गए , कस्तो गाडीमा गए, कहाँ बसे र कहाँबाट सम्पर्कविहीन भए त्यो समेत अहिलेसम्म बाहिर ल्याइएको छैन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता नवराज अधिकारीले बेपता व्यवसायी अग्रवालको खोजतलाश भइरहेको बताए ।अग्रवाल परिवारसँग सम्पर्क गर्न खोजिएपनि सम्पर्क हुन सकेन् ।यद्यपि उनी निकट स्रोतका अनुसार नुवाकोट जानु अगाडि हिसाबकिताब र केही टिपोट परिवारमा छोडी गएको बताइन्छ ।अग्रवालले त्रिशुली जानेक्रममा हरियो ज्याकेट , कालो पाइन्ट र कालो स्पोर्टस जुत्ता लगाएको बताइन्छ ।