Logo

Nov 23 2024 | २०८१, मंसिर ८गते

images

केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना


नया सडक

२०८१, कात्तिक ३ शनिबार

  • 318
    Shares

  • केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

     

    काठमाडौँ ।हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि केही प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भू(भागमा आंशिकदेखि साधारणतया बदली रही र बाँकी भू(भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ भने कोशी र बागमती प्रदेशको एक(दुई स्थानमा हल्का वर्षा भइरहेको छ । 

     

    विभागका अनुसार आज दिउँसो देशका पहाडी भू(भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । देशका पहाडी भू(भागका एक(दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

     

    आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भू(भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।  

     

    कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनीलगायत पहाडी भू(भागका एक(दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    प्रतिक्रिया दिनुहोस