Logo

Nov 24 2024 | २०८१, मंसिर ९गते

images

असोज महिनामा सरकारले तिर्नुपर्ने ऋण साढे पाँच अर्ब बढीले घट्यो


नया सडक

२०८१, कात्तिक ४ आइतबार

  • 378
    Shares

  • असोज महिनामा सरकारले तिर्नुपर्ने ऋण साढे पाँच अर्ब बढीले घट्यो

    काठमाडौँ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले   असोज महिनामा सार्वजनिक ऋण घटेको जनाएको छ । भदौ महिनाको तुलनामा असोजमा ५ अर्ब ५८ करोड रुपैयाँ ऋण घटेको ऋण व्यवस्थापन कार्यालयले जनाएको हो ।भदौ मसान्तसम्म नेपालले तिर्न बाँकी सार्वजनिक ऋण २५ खर्ब २८ अर्ब ६२ करोड रुपैयाँ थियो । असोज मसान्तसम्म आइपुग्दा तिर्न बाँकी सार्वजनिक ऋण २५ खर्ब २३ अर्ब ३ करोड रुपैयाँमा झरेको छ । यो ऋणमा १२ खर्ब ३६ अर्ब ३० करोड आन्तरिक र १२ खर्ब ८६ अर्ब ७३ करोड बाह्य ऋण सरकारले तिर्न बाँकी छ ।कुल ग्रार्हस्थ उत्पादनको ४४.२३ प्रतिशत सार्वजनिक ऋण रहेको छ ।

    सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार असोजमा खास गरी विदेशी मुद्रा विनिमयमा आएको उताढचढावले गर्दा ऋण घटेको हो ।असोजमा २९ अर्ब ३६ करोड रुपैयाँ ऋण सरकारले तिरेको छ । त्यसैगरी, ३२ अर्ब २६ करोड ऋण सरकारले प्राप्त गरेको छ । विदेशी विनिमय दर घटबढले असोजमा ८ अर्ब ४८ करोड रुपैयाँ नेपालको ऋण घटेको छ ।

    सरकारले चालु आर्थिक वर्षमा ५ खर्ब ४७ अर्ब रुपैयाँ सार्वजनिक ऋण लिने लक्ष राखेको छ । यसमा असोज मसान्तसम्ममा १ खर्ब ३६ अर्ब ३२ करोड रुपैयाँ ऋण प्राप्ति गरेको छ । वार्षिक लक्ष्यको २४.९२ प्रतिशत ऋण सरकारले परिचालन गरेको छ । यसमा आन्तरिक तर्फ २३.८५ र वाह्य तर्फ ९.८९ प्रतिशत ऋण सरकारले परिचालन गरेको उक्त कार्यलयको तथ्यांकले देखाउँछ ।

    चालु आर्थिक वर्षमा सरकारले ४ खर्ब २ अर्ब रुपैयाँ ऋण तिर्ने लक्ष्य लिएको छ । यसमा  पहिलो त्रैमासिकमा  (असोज मसान्त)सम्ममा ८३ अर्ब ७ करोड ८१ लाख रुपैयाँ सरकारले भुक्तानी गरेको छ । जुन कुल भुक्तानी लक्ष्यको २०.६२ प्रतिशत हो ।

    प्रतिक्रिया दिनुहोस