काठमाडौँ । अर्थ मन्त्रालय अब व्यावसायिक र औद्योगिक वातावरण सिर्जना गर्न केन्द्रित हुने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको उपस्थितिमा अर्थ मन्त्रालयमा बसेको उच्च व्यवस्थापन समूहको आइतबारको बैठकमा थप पूँजी परिचालन र लगानी वृद्धिका लागि अर्थ मन्त्रालय व्यावसायिक र औद्योगिक वातावरण सहज बनाउन केन्द्रित हुने निष्कर्ष निकालिएको हो ।
अर्थमन्त्री पौडेलले राजस्व संकलन र पूँजीगत खर्चका लागि अझ बढी सामथ्र्य लगाउन निर्देशन दिए ।राजस्व सचिव दिनेशकुमार घिमिरेले मुलुकमा थप व्यावसायिक र औद्योगिक वातावरण बने राजस्वमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे ।बैठकमा बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपालले बाढी पहिरोबाट पुगेको क्षतिको पुनर्निर्माणका लागि स्रोत व्यवस्थापनमा समस्या नभएको जनाए ।