Logo

Nov 24 2024 | २०८१, मंसिर ९गते

images

सिंगापुरका लगानीकर्ता र नेपाल चेम्बरबीच लगानीको समझदारी


नया सडक

२०८१, कात्तिक ४ आइतबार

  • 450
    Shares

  • सिंगापुरका लगानीकर्ता र नेपाल चेम्बरबीच लगानीको समझदारी

    काठमाडौं । नेपाल चेम्बर अफ कमर्स एनसीसी र सिंगापुर इण्डियन चेम्बर अफ कमर्स एसआईसीसीआई बीच लगानी र व्यापार सहजीकरण गर्ने समझदारी भएको छ । चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवाल र एसआईसीसीआई बीच नेपालको जलविद्युत, पर्यटन खनिज लगायत अन्य प्राकृृतिक श्रोतहरुमा लगानीका लागि समझदारी भएको छ ।सिंगापुर भ्रमणका क्रममा अध्यक्ष अग्रवालले एसआईसीसीआईका पदाधिकारीसंग नेपालको लगानीका क्षेत्र र अवसरबारे जानकारी गराउनुभएको थियो । अध्यक्ष अग्रवालले भन्नुभयो,  ‘नेपालमा जलविद्युत, पर्यटन, खानी एवं प्राकृतिक अन्य श्रोतहरुमा लगानीका लागि सिंगापुरका लगानीकर्ताहरु समक्ष आग्रह गर्दछु, । नेपालमा हुने लगानीको प्रतिफल सुनिश्चितताका लागि नेपाल चेम्बर अफ  कमर्सले सहजीकरण गर्ने अध्यक्ष अग्रवालले प्रतिवद्धता जनाउनुभयो ।

    नेपालमा राजनीतिक स्थिरता, कानूनी पाटोमा सुधार हु“दै गएकाले लगानीका लागि उपयुक्त वातावरण बन्दै गएको उहा“ले लगानीकर्ताहरुलाई अवगत गराउनुभयो । पर्यटकीय दृष्टिकोणले समेत नेपाल विश्वकै उत्कृष्ट गन्तव्य बन्दै गएको भन्दै अध्यक्ष अग्रवालले लगानीका लागि आग्रह गर्नुभयो । नेपाल र सिंगापुर दुवै मुलुकले लगानी र व्यापारिक साझेदारी मार्फत आर्थिक फाईदा लिन सक्नुपर्नेमा अध्यक्ष अग्रवालले जोड दिनुभयो । नेपाल भ्रमणका लागि समेत उहा“ले एसआईसीसीआईका पदाधिकारीलाई आग्रह गर्नुभयो । 

    प्रतिक्रिया दिनुहोस