Logo

Nov 23 2024 | २०८१, मंसिर ८गते

images

बलेफी हाइड्रोलाई शतप्रतिशत हकप्रद निष्कासन गर्न धितोपत्र बोर्डको अनुमति


नया सडक

२०८१, कात्तिक ४ आइतबार

  • 357
    Shares

  • बलेफी हाइड्रोलाई शतप्रतिशत हकप्रद निष्कासन गर्न धितोपत्र बोर्डको अनुमति

    काठमाडौं । नेपाल धितोपत्र बोर्डले बलेफी हाइड्रोपावर लिमिटेडलाई १ बराबर १ अर्थात शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डले अनुमति प्रदान गरेको छ । कम्पनीको गत वर्षकोअसोजमा सम्पन्न  दशौं र एघारौं वार्षिक साधारण सभाले हाल कायम चुक्तापुँजी बराबर हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो।

    धितोपत्र बोर्डले बलेफी हाइड्रोलाई १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ बराबरको १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद सेयर जारी गर्न अनुमति दिएको हो । कम्पनीले बैंकको ऋण तिर्नका लागि हकप्रद निष्कासन गर्न लागेको हो। 

     

    प्रतिक्रिया दिनुहोस